×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वास्थ्य उपचारका लागि विदेश जाने बाहेक अन्यका लागि राहदानी जारी नहुने

३१ बैशाख २०७८

३१ बैशाख, काठमाडौं । शुक्रबारदेखि स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने भएको छ ।

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको र विभागमा कार्यरत कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै आज शुक्रबारदेखि स्वास्थ्य उपचारका लागि जानु पर्ने बाहेक अन्य व्यक्तिको राहदानी जारी नहुने राहदानी विभागले जनाएको छ ।

Advertisement
Advertisement

अर्को सूचना जारी नहुँदासम्म अब अन्य व्यक्तिका लागि पासपोर्ट जारी हुने छैन ।

Advertisement
Advertisement

विभागका अनुसार स्वास्थ्य उपचारका लागि विदेश जाने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिले आवश्यक कागजातसहित हरेक सोमबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागमा सम्पर्क गर्न सकिने छ । अन्य समयमा सेवा प्रवाह नगर्ने विभागले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top