६ कात्तिक, काठमाडौं ।
कोरोना संक्रमणकाे बारेमा जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि बन्द भएको छ।
हिन्दूहरुको विशेष पर्व दसैंको अवसरमा मन्त्रालयको नियममित पत्रकार सम्मेलन शुक्रबारदेखि पाँच दिनका लागि बन्द हुने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
प्रवक्ता गौतमले भने,‘पाँच दिनसम्म यो मिडिया ब्रिफिङलाई आइटीको माध्यमबाट गर्नेछौँ । आउँदो बुधबार फेरि भेट हुने अनुरोध गर्दछु’
गौतमले बुधबारदेखि परिस्किृत रुपमा पत्रकार सम्मेलन हुनेसमेत जानकारी दिएका छन्। मन्त्रालयले नियमित भिडियो लाइभमार्फत् गर्दै आएको पत्रकार सम्मेलन नगरे पनि कोरोनासँग सम्बन्धित जानकारी भने नियमित गराउने बताएको छ।