×

NEPAL TIMES UPDATES

Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026

हराइरहेका सालाको खोजीमा तिब्रता: समुन्द्रको किनारमा दुईटा सिट भेटियो !

१७ माघ २०७५

एजेन्सी, माघ १७
सातादिनदेखि विमानसहित बेपत्ता भइरहेका अर्जेन्टिनी फुटबलर इमिलिआनो सालाको खोजीमा ‘ब्रेक थ्रु’ मिलेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सालाको विमान बेपत्ता भएको सम्भावित क्षेत्रमा प्राविधिक टोलीले खोजी थालेको २ दिनपछि साला सवार विमानका दुईटा सिट फेला परेको खबर छ ।

आज सालाको खोजीमा खटिएको विशेषज्ञसहितको टोलीले एक प्रेस विज्ञप्ति जारी गर्दै सालाको खोजीबारे जानकारी गराएको हो । साला चढेको सानो विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराइरहेको थियो । सोही क्षेत्रमा निजी क्षेत्रबाट खटिएको खोजी टोलीले साला सवार विमानका दुईटा आसन सिट फेला परेको हो ।

Advertisement
Advertisement

विमान दुर्घटना अनुसन्धान शाखाले जारी गरेको विज्ञप्तिअनुसार विमान बेपत्ता भएको सुरेनभिल्ले समुद्री किनारको कोटेन्टिन पेनिनसुला क्षेत्रबाट विमानका दुईटा सिट भेटिएको हो ।

खबरअनुसार विमानका सिट केही वरपर भेटिएको हो । खोजी टोलीका अनुसार एक सिट सोमबारै भेटिए पनि दोस्रो सिट भने आज मात्रै फेला परेको हो । विज्ञप्तिअनुसार विमानका दुईटै सिटी एकै क्षेत्र तर नजिकैको फरकमा भेटिएको हो ।

खोजी टोलीले भेटिएका सिट साला सवार विमानकै रहेको पनि पुष्टि गरेको छ । ‘प्राविधिक टोलीको जाँचपछि भेटिएका सिट बेपत्ता विमानकै भएको निष्कर्ष हामीले निकालेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

खोजी टोलीले सिट भेटिएकै क्षेत्रमा थप जनशक्ति लगाएर खोजी तीब्र पार्ने तयारी गरेको छ ।

चर्चित फुटबलरहरूले व्यक्तिगत रूपमा मोटो रकम सहयोग गरेपछि निजी क्षेत्रबाट बेपत्ता खेलाडीको खोजी २ दिनअघिबाट पुनः थालिएको थियो ।

यसअघि सरकारी तथा प्रहरीले खोजी गरे पनि कुनै प्रगति नभएपछि खोजी टोली सम्भावित दुर्घटना क्षेत्रबाट ४ दिनअघि फर्किएको थियो । सालाको खोजी अन्तिमपटक बिहीबार साँझबाट बन्द भएको थियो ।

यसअघि ५ वटा हेलिकप्टर प्रयोग गरेर सालाको खोजीमा लगातार ८० घन्टा टोली परिचालन गरिएको थियो । तर, लामो समय खोजी गर्दा पनि कुनै प्रगति नभएपछि खोजी टोलीले ‘साला र पाइलट फेला पार्नु कठिन’ भन्दै खोजी रोकेको थियो ।

त्यसपछि निजी क्षेत्रमा विशेषज्ञसहितका टोलीले सालाको खोजी थालेको थियो । सालाको खोजीमा विश्वका चर्चित फुटबलहरूले करिब २ सय ७० मिलियन पाउन्ड रकम जुटाएका थिए । सालाको खोजीमा अहिले पनि ‘गो फन्ड मी’ अभियान जारी छ ।

को हुन साला ?

साला कीर्तिमानी रकममा इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएको एक दिनपछि नै आफू चढेको विमानसँगै बेपत्ता भएका थिए । उनी चढेको एउटा सानो विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराएको हो । सालासँगै विमानमा पाइलसमेत बेपत्ता छन् ।

२८ वर्षीय साला शनिबार मात्र फ्रान्सेली क्लब नान्टेसबाट इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएका थिए । उनका लागि कार्डिफ सिटीले १ करोड ५० लाख पाउन्ड खर्चिएको थियो । कार्डिफ सिटीले कुनै पनि खेलाडीका लागि खर्चिएको यो सबैभन्दा ठूलो रकम हो ।

सोमबार राति च्यानल आइल्यान्ड्समा पुगेपछि साला चढेको विमानको सम्पर्क टावरसँग टुटेको थियो । स्थानीय प्रहरीले विमानको बारेमा कुनै जानकारी प्राप्त हुन सकेको बताएको छ ।

नान्टेसबाट साँझ ७ः१५ बजे उडेको उक्त विमानको जर्सी एयर ट्राफिक कन्ट्रोलसँग अन्तिमपटक सम्पर्क भएको थियो । त्यसबेला विमान ५ हजार फिटको उचाइमा उडिरहेको र विमानका चालकले आपत्कालीन अवतरणको अनुमति मागेको बताइएको छ । खबरअनुसार टावरसँग सम्पर्क विच्छेद हुँदाको समयमा विमान २ हजार ३ सय फिटको उचाइमा थियो ।

बेपत्ता खेलाडी सालाले मंगलबारदेखि आफ्नो नयाँ क्लब कार्डिफ सिटीमा अभ्यास गर्ने तयारी थियो । साला फ्रान्सेली लिग फुटबलका प्रभावशाली खेलाडी मानिन्छन् ।

Advertisement

स्रोत : फुटबल खबर

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top