२७ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेलसँगको छलफलपछि उनले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताएका हुन् । उनले एकतालाई बचाइराख्न पनि आज संसदमा उपस्थित नहुने धारणा राखे ।
नेता भट्टराईले अन्तिम समयसम्म पनि सहमति र एकताका लागि प्रयास गरिरहने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे बैठक बोलाइएको छ । अहिले केहीबेरमा मतदान सुरु हुँदैछ ।