विराटनगर,पुस ८
सरकारले चालु आर्थिक बर्षमा मुलुक भरका १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । पाँचथर जिल्लाबाट बाड्न सुरु भएको राष्ट्रिय परिचय पत्र यो आर्थिक बर्षमा सातै प्रदेशका १५ जिल्लाका १ सय ५६ स्थानीय तहका १४ सय २ वडाका ५८ लाख ५४ हजार २९४ जनालाई वितरण गर्ने बताइएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकण विभागले विराटनगरमा आज आयोजना गरेको अन्तरक्रिय कार्यक्रममा पहिलो चरणमा प्रदेश १ का झापा,संखुवासभा सहित मुलुक भरको १५ जिल्लामा यस आर्थिक वर्षबाट वितरण हुने जानकारी दिइयो छ । सरकारले अघिल्लो आर्थिक बर्षमा पहिलो चरणमा पाँचथर जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो ।सो जिल्लाका १ लाख १० हजार जिल्लाबासीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको थियो ।
त्यसैगरी सिंहदरवार भित्र कार्यरतm विशिष्ट व्यतिm र कर्मचारी गरी थप १० हजारलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकिएको छ ।सरकारले अहिलेसम्म कुल १ लाख १७ हजारलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकेको जनाएको छ । राष्ट्रिय परिचय पत्रबाट सबै प्रकारका बैकिङ तथा प्रसासनिक कामकालागी प्रयोग गर्न सकने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाकका महानिर्देशक दिपक काफ्लेले बताए ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले राष्ट्रिय परिचय पत्र कार्यान्वयमा आएपछि भ्रष्टचार मुक्त,अपराध मुक्त देश निर्माणमा महत्व पुर्ण सहयोग पुग्ने बताए । डिजिटल प्रदेश निर्माणमा पनि यसको सहयो महत्व पुर्ण रहने बताए । अन्तरक्रिाया कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु,प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरु लगायतको सहभागिता रहेको थियो ।
सरकारले सवै भन्दा पहिले १ सय २ बर्षिया भगवतीदेवी भण्डारीलाई पहिलो राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो ।भण्डारीले सोही कार्यक्रममा गृहमन्त्री रामबहादुर थापालाई पनि राष्ट्रिय परिचय पत्र वितरण गरेकी थिइ्न । राष्ट्रिय परिचयपत्रमा जैविक तथा वयक्तिक बिवरण र विद्युतीय चिप एंव सुरक्षण सहितको हुनेछ ।