१६५ केजी गाँजा सहित एक जना सुनसरीबाट पक्राउ

767SHARES

१७ जेष्ठ, सुनसरी । सुनसरी कोशी गाउँपालिका ८ भाण्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित १ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेका छन् ।

आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण