८ बैशाख, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ।
गत २४ घण्टामा काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ।