लिभरपुललाई ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि

१३ असार, एजेन्सी । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । बेलायती फुटबलको इतिहासकै सर्वाधिक सफल टोलीमध्यको एक लिभरपुलले सन् १९९० यता प्रिमियर लिगको उपाधि जित्न सकेको थिएन ।

त्यसअघि भने लिभरपुल १८ पटक इंग्लीश च्याम्पियन बनेको थियो । प्रिमियर लिगअन्तर्गत गएराती भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई हराएपछि लिभरपुलले उपाधि पक्का गरेको हो । सिटी विरुद्धको खेल चेल्सीले २–१ ले जित्यो ।

चेल्सीका लागि क्रिश्चियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डे ब्रायनले एक गोल फर्काए । तालिकाको दोस्रो स्थानमा रहेको सिटीको हारपछि शिर्ष स्थानको लिभरपुलले उपाधि जितेको हो ।

सिजनमा ७ खेल बाँकी छँदा यी दुई टोलीबिच २३ अंकको दुरी रहेको छ । लिभरपुलले उपाधि जितेसँगै क्लबका हजारौं समर्थक एन्फील्ड अगाडि उभिएर विजयउत्सव मनाएका छन.।

शहरका मेयर र क्लबका अधिकारीहरुले कोरोना त्रासका कारण भिडभाड नगर्न गरेको आग्रह वेवास्ता गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । समर्थकहरुलाई धन्यवाद दिन खेलाडीहरु एलिसन, भर्जिल भान डाईक र अक्सलेड चेम्बरलिन पनि उपस्थित भएका थिए ।

लिभरपुलले पछिल्लो ३० वर्षमा प्रिमियर लिग नजितेपनि दुई पटक च्याम्पियन्स लिग, एक पटक युएफा कप, चार पटक लिग कप र तिन पटक एफ.ए कप जितेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top