९ अर्ब बाँडेर खाएको प्रमाण दिन बाबुरामलाई कांग्रेसको चुनौती

0SHARES

२५ आश्विन २०७७ नेपाल टाईम्स

२५ आश्विन, विराटनगर ।
बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाएका थिए ।

त्यसको प्रमाण दिन समेत आफू तयार रहेको उनले बताएका थिए । कांग्रेसले भट्टराईको अभिव्यक्तिप्रति विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् ।

केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै कांग्रेसले भनेको छ, यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।’

विज्ञापन बक्स