×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

२० असार २०८२
२० असार, काठमाडौं ।
अन्य दलहरुको तुलनामा  सबैभन्दा  पूरानो र ठूलो दल नेपाली काँग्रेस देखिने गरि गुटैगट र उपगुटहरु सक्रिय रहेको दल हो । यहाँ प्रत्येक शीर्ष नेताको आफ्नो गुट छ । झन सभापति बन्ने लाइनमा रहेका नेताहरुको त गुट नहुने कुरै भएन ।
यो दलमा सरकार जाँदा वा अन्य नियुक्तिहरुमा, पार्टीकै जिम्मेवारी बाँडफाँडमा समेत संस्थापन र इतरको भाग छुट्याइने गरिएको छ । हाल संस्थापनको अगुवा सभापतिसमेत रहेका शेरबहादुर देउवाले गरिरहेका छन् भने इतर समूहको डा. शेखर कोइरालाले ।
कोइरालाकै समूहमा पहिला महामन्त्री गगन थापासमेत रहने गरेकोमा अहिले यी दुईबीच फाटो आएको छ । पछिल्लो समय त गगनले शेखर होइन आफू इतर समूहको नेता भएको बताउँन थालेका छन् ।
एमालेसंग मिलेर पार्टी सरकारमा गएपछि गगन अहिले देउवातिर ढल्केको धेरैको बुझाई छ । गगन र शेखरको ट्युनिंग बिग्रिरहँदा अहिले काँग्रेसमा धेरै नेताहरु आमनेसामनेको स्थितिमा आएका छन् ।
नेपालकै एकमात्र अर्बपति रहेका सांसद विनोद चौधरीको वार शेखर कोइरालासंग सुरु भएको छ । यसमानेमा शेखर गगनसहित चौधरीलगायतका  ह्याभी वेट नेताहरुको काउन्टरमा परेका छन् ।
हुन त उनी सभापति शेरबहादुर देउवाकै प्रतिष्पर्धी हुन् र नाताले भाइ समेत रहेका शशांक कोइरालाबाट पनि शेखरले प्रहार खेपिरहेका छन् । केही समयअघि भिजिट भिसामा रमेश लेखकले राजीनामा दिनुपर्छ भन्ने शेखरको भनाइ आएपछि शशांकले उनलाई स्पष्टीकरण सोधिनुपर्ने बताएका थिए ।
यी दाजुभाइबीच पहिलादेखि नै मिठो भन्दा सम्बन्ध सधैं तितो नै रहदै आएको छ । यसबीच गगन थापा र मोहन बस्नेतबीच पनि आरोपप्रत्यारोपको जुहारी चलेको छ । यसमा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पनि हाम्फालेका छन् ।
बस्नेत र थापाबीच घोचपेच चलिरहँदा सिवाकोटीले भने गगनलाई साथ दिदै बस्नेतलाई रास्वपा सभापति रवि लामिछानेसँग जोडेर टिप्पणी गरेका छन् । यसले काँग्रेसमा रडाको मच्चिएको छ ।
जारी केन्द्रीय समितिको बैठकमा बस्नेतले पार्टी महामन्त्री गगनकुमार थापाकै कारणले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा दायर गरेको अभिव्यक्ति दिएका थिए ।
उनको यही अभिव्यक्तिको प्रकृतिलाई सिवाकोटीले लामिछानेसँग जोडेका हुन् । ’तपाईँ (देउवा)कै सामुन्ने बुधबार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो?
ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौँ?,’ उनले भने,  ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होस गर्नू भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दासमेत त्यस्ता अराजक प्रस्तुति दिनेलाई रोक्न सकिँदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौं?’ सिवाकोटीले बीपी कोइरालासहित अग्रजले सुरु गरेको पार्टीको संस्कार यहि हो? भन्दै सभापतिमाथि प्रश्न गरे ।
’सभापतिलाई सोध्न चाहन्छु– यो अराजकता कहिलेसम्म? मर्यादाहीन यस्ता विषय पार्टीको रेकर्डमा राखेर हामी कस्तो कुरा आउने पुस्तालाई दिन खोज्दैछौँ। त्यसैले मेरो आग्रह छ यस्तो गैरजिम्मेवार, अराजक र हिंस्रक भनाइलाई पार्टीको रेकर्डबाट हटाइयोस्,’ उनले थपे, ’केहि समयअघि सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसदको रोष्ट्रममा उभिएर आफूलाई फसाउन खोज्ने काँग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको बताएका थिए।
बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतमा देखियो । लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतलाई मेरो आग्रह छ तपाईँ फाइल छ फाइल छ भनेर किन घुक्र्याइरहनुभएको छ?  थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ? थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्वन्धित निकायमा नदिएको ? तपाई आफू डामिसक्नुभएको छ । महामन्त्रीलाई पनि कार्वाही भएको देख्न चाहनुहुन्छ भने कानुनी प्रक्रियामा जानुस्।’
उनले पनि थापाकै शैलीमा कांग्रेसमा फोहोर नचाहिने बताए । बस्नेतले धम्कीपूर्ण शैलीमा आरोप लगाएपछि थापाले पनि फोहोर चलाउन नचाहेको प्रतिक्रिया दिएका थिए ।
थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन– फोहोर चलाएर म फोहोरी बन्न चाहन्न । टेरामाक्स प्रकरणमा मुछिँदै धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय समिति बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाएपछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काएका हुन् ।
‘बाले भन्नुहुन्थ्यो–कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ। आमाले भन्नुहुन्थ्यो– फोहोर नचलाउनु, फोहोर चलाए आफैँ फोहोरी भइन्छ,’ थापाले भने, ‘आज म आमाको कुरा सुन्छु।’
थापाले आफ्नो अनुपस्थिति रहेका बेला बैठकमा धम्कीपूर्ण र अभद्र व्यवहार देखाउने प्रवृत्ति देखाएको भन्दै आलोचना गरे । ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ,’ उनले भने, ‘तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’
यसअघि बस्नेतले भनेका थिए, ’महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो ।  बाहिर पनि लाग्नुभयो, संसद्मै पनि लाग्नुभयो,’ उनले भने, ’तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन ग¥यो।’ उनले आक्रमक हुँदै थपे, ’मविरुद्ध लाग्ने तपाईं हैन? ढिलोछिटो पालो सबैको आउँछ। हेरौँला कोही चोखो हुने वाला छैन, सग्लै चोखिने वाला कोही छैन।’
उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरू संगठन जोगाएर, पार्टीलाई जिताएर ल्याइरहने नेताविरुद्ध किन खनिन्छन् आफूले बुझ्न नसकेको पनि बताए ।
यसैबीच  शेखर कोइराला र बिनोद चौधरीको पनि नयाँ वार सुरु भएको छ । केन्द्रीय सदस्य तथा सांसद रहेका चौधरीले पार्टीको केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले आफ्नो योग्यतामाथि उठाएको प्रश्नको प्रतिवाद गरेका छन् ।
सोमबारको बैठकमा डा. कोइरालाले चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न उठाउनुका साथै लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनालमाथि अनुशासन समितिबाट अघि बढाइएको कारबाहीप्रति पनि आपत्ति जनाएका थिए ।
जवाफमा मंगलबारको बैठकमा बोल्दै चौधरीले निजी क्षेत्रका अगुवा र अन्तर्राष्ट्रिय स्तरमा चिनिएका व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्ने कि होइन भन्ने विषयमा गम्भीर प्रश्न उठाए ।
‘कांग्रेसमा हामीजस्ता निजी क्षेत्रका व्यक्तिहरूको भूमिका के हो ? सम्पन्न नेपाल बनाउने एजेन्डा अघि सार्न यस्तो पृष्ठभूमिका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने कि गुटको राजनीतिमा थिच्ने?’ चौधरीले कोइरालामाथि प्रश्न गरे ।
उनले पार्टीको नेतृत्वमा उभिन चाहने व्यक्तिमै गम्भीर पूर्वाग्रह देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । चौधरीले लुम्बिनीका महामन्त्री विक्रम खनालजस्ता व्यक्तिहरूलाई संरक्षण दिँदै पार्टीभित्र संघर्ष गर्नेहरूलाई रोक्ने प्रवृत्ति गलत भएको बताए ।
अर्थतन्त्र बुझ्ने व्यक्तिले अर्थ मन्त्रालय चलाउने चाहना राख्दा ‘स्वार्थको द्वन्द्व’ भन्ने मानसिकता देखाएर निष्क्रिय बनाउने प्रवृत्तिप्रति उनले आपत्ति जनाए ।
‘यदि जेलनेल खाएकाबाहेक अन्य पेसामा प्रतिष्ठा कमाएका व्यक्तिहरू कांग्रेसमा अयोग्य ठहरिन्छन् भने पार्टीले त्यसबारे स्पष्ट निर्णय गर्नुपर्छ,’ चौधरीले भने ।
त्यस्तै, उनले पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठप्रति देखिएको व्यवहारलाई पनि आलोचना गरे । ‘चन्दा र सहयोग माग्दा सानो नहुने, तर कोषाध्यक्ष बनाउँदा अपमान गर्ने मानसिकताले कांग्रेसलाई लज्जित बनाएको छ,’ चौधरीले भने ।
उनले कांग्रेसभित्र दोहोरो मापदण्ड हटाएर निजी क्षेत्र र अन्य पेशागत अनुभव बोकेकाहरूलाई पनि बराबरी अवसर दिनुपर्ने माग गरे । शेखर कोइरालामाथि कारबाहीको माग गरेपछि विनोद चौधरीको पनि अन्य नेताहरुले आलोचना गरेका छन् ।
कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्कीदेखि नेता गुरुराज घिमिरेले सामाजिक सञ्चालमा चौधरीको आलोचना गरेका छन् । घिमिरेले फेसबुकमा कोइराला परिवारकै कारण आएको आर्थिक नीतिको परिणामले नीजि क्षेत्र फस्टाएको र त्यसैको सह–उत्पादन चौधरी भएको बताएका छन् ।
यस्तै केदार कार्कीले फेसबुकमा लेखेका छन्, बिनोद चौधरी जी चन्दा त मजदूरले नि दिएका छन । उनीहरुले पार्टीको बिचार र सिद्धान्तको बिजयको कामना गर्छ । तपाइले पार्टी फेरी फेरी पद किनेको हो चन्दा दिएको होइन ब्याज सहित उठाउनु भएको छ । पैसाले मात्र जित हुन्छ भन्ने घमण्ड हो भने चितवनमा उठेका उमेश श्रेष्ठलाई सोधी बक्स्योस । एलन मस्कले ट्रम्पलाई चन्दा दिए बापत राज्य लुट्न खोजेनन् हस्तक्षेप गर्न खोज्दा बाहिरिनु पर्यो । चन्दा त मीनबहादुरले देखिने गरी दिइरहनु भएको छ नि होइन?अंतरघात गर्ने सांसद मन्त्री पनि बनिसके हो नि ।
यसरी नै डा. शेखर कोइरालाले निर्वाचनमा अंतर्घातबाट निर्वाचन हार्दा मेरै कारणले साथीहरुलाइ मिलाऊँन सकिन र हारे भनेर केंद्रीय समितिमा लिखितसहित भनाई राख्नु भएको तपाईलाई थाहा हुने कूरै भएन नि ?
यसैबीच केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पनि निकै आक्रामक देखिएका छन् । उनले पुराना राजनीतिक दलप्रति जनताको भरोसा टुटिरहेको भन्दै सच्चिने कि सक्किने भन्दै प्रश्न गरेका छन् ।
केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केसीले पुराना पार्टीले काम गर्दैनन् भन्ने गरी प्रचार भइरहेको पनि बताएका हुन् ।  उनले कांग्रेस गुटउपगुटका कारण शिथिल भएको भन्दै संस्थागत प्रतिवद्धताका लागि एक हुनुपर्ने बताए ।
नेताहरू संस्था प्रदान हुन छोडेरव्यक्ति प्रदान भएको भन्दै उनले यसलाई सच्याउन जरुरी रहेको बताए ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top