×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

२२ फाल्गुन २०८२

२२ फागुन , काठमाण्डौ।

प्रतिनिधिसभा निर्वाचन अन्र्तगत हिजो सम्पन्न मतदानको अधिकांश स्थानमा मतगणना जारी रहेको छ । अहिले विहानको प्रारम्भिक मतगणनाका साथमा हामी उपस्थित भएका छौं । मतगणना जारी रहेका अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

Advertisement
Advertisement

बहुप्रतिक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् । कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ । यस्तै काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार, हाल काठमाडौंका १० मध्ये आठ स्थानमा मतगणना कार्य भइरहेको छ ।

काठमाडौंमा गणना भएका आठमध्ये सात क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारले अग्रता कायम गरेका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौं–१ मा रास्वपाका रन्जु न्यौपानेले तीन हजार १२९, नेपाली कांग्रेसका प्रबल थापा श्रेत्रीले एक हजार ६९५ ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन् । काठमाडौं–२ मा रास्वपाका सुनिल केसीले ४२४, एमालेका मणिराम फुँयाल २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार राजुनाथ पाण्डे अघि लागेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार उनले दुई हजार ९६० मत ल्याएका छन् हालसम्म आठ हजार ९३ मत गन्दा पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछ्याएका छन् ।

घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् । काठमाडौं–४ मा रास्वपाका पुुकार बमले ८६५, नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन् ।

काठमाडौँ–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेल निकटतम प्रतिस्पर्धीभन्दा तेब्बर मतले अगाडि छन्। रास्वपाका पोखरेलले ३ हजार ७ सय मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले १ हजार ७८ मत पाएका छन्।

नेकपा (एमाले)का ईश्वर पोखरेलले ६९९ मत पाएका छन्। यो क्षेत्रमा पोखरेलले सुरुवातदेखि नै अग्रता लिएका छन्। उनले मतान्तर बढाउँदै लगेका छन्। काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणामअनुसार रास्वपाका उमेदवार गणेश पराजुलीले ती हजार ४३५ मतसहित अग्रता कायम गरेका छन् । पछ्याइरहेका नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ६८७ मत ल्याएका छन् । नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले ४८७ मत ल्याउँदा नेकपाका वसन्तप्रसाद मानन्धरले ४५३ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार २९० ल्याएका छन् । नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३४८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं १० मा रास्वपाका उमेदवार प्रदीप विष्टले तीन हजार ८९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ६६१, नेकपा (एमाले)का विनोद श्रेष्ठले ३७८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २३९, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ८१ र नेपाली कम्युनिस्ट पार्टीका रुपा महर्जनले ६५ मत प्राप्त गरेकी छन् ।

काठमाडौं ६ र ९ मा भने मतगणना भएको छैन । उता बाँके निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अग्रता लिएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

हालसम्म २ हजार ८ सय ७७ मत गणना हुँदा रास्वपाका सुरेश थारुले १ हजार ४ सय ७३ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । त्यसैगरी, रुख चुनाव चिन्हका नारायण प्रसाद गौडेलले ६ सय ५३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् भने नेकपा एमालेका सूर्य प्रसाद ढकालले ३ सय ९ मत ल्याएका छन् ।

यस्तै नेकपाका नरेन्द्र पाण्डेले १ सय ८३ मत प्राप्त गरेका छन् । मोरङका तीनवटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। सुरुवाती परिणाम अनुसार मत गणना सुरु भएका तीनवटै क्षेत्रमा रास्वपाले प्रारम्भिक अग्रता कायम गरेको छ।

मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका यज्ञमणि न्यौपानेले ९६७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका शान्ति पाख्रिनले ६४३, नेपाली काँग्रेसका खड्ग फागोले ४३७ र नेकपा एमालेको घनश्याम खड्काले २३७ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशीले प्रारम्भिक अग्रता कायम गरेका छन्। उनले १६३० मत ल्याउँदा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६०, नेकपामा अमनलाल मोदीले ३३८ र नेकपा एमालेका जीवन घिमिरेले २५२ मत प्राप्त गरेका छन्।

त्यस्तै क्षेत्र नम्बर ५ मा रास्वपा कि आशा झाले १२२९ मत पाउँदै अग्रता सुरु गरेकी छिन्। यो क्षेत्रमा जसपाका राजकुमार यादवले ५६५, नेकपाका शिवकुमार मण्डलले ३४५ र नेपाली काँग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गरेका हुन्।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्। बुटवल–१ र तिलोत्तमा–१ को मतगणना सम्पन्न हुँदा कुल ५ हजार ९४२ मत गणना भएको छ।

प्राप्त मतपरिणाम अनुसार घण्टी चुनाव चिह्नबाट उम्मेदवार बनेका खरेलले ४ हजार ७२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८५४ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ५०४ मत प्राप्त गरेका छन्।

यसैगरी अन्य उम्मेदवार तारा विश्वदीप पाण्डेले ४३ मत प्राप्त गरेका छन्। रुपन्देही क्षेत्र नम्बर दुईमा ८६ हजार ७१५ मत खसेको थियो। भक्तपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको पछिल्लो विवरणानुसार रास्वपाका उमेदवार रुकेश रन्जितले तीन हजार ४५२ मत ल्याएका छन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक हजार ९८२ मत प्राप्त गरेका छन् । रन्जित एक हजार ४७० मतान्तरले अगाडि छन् । हालसम्म ६ हजार ९०० मतगणना गरिएको भक्तपुर–१ का मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा कञ्चनपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता बनाएको छ । हालसम्म ६०० मतगणना गरिएको छ । रास्वपाका उमेदवार ज्ञानेन्द्रसिंह महता २६० मतसहित अगाडि छन् ।

नेपाली कांग्रेसका उमेदवार हरिकृष्ण बोहराले १०० मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का दीपकप्रकाश भट्टले ६१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मानबहादुर सुनाले ३८ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उता प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा भने नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकालीले सुरुआती अग्रता लिएका छन् । हालसम्म १२ सय ६९ मतगणना गर्दा गौचनले ६८७ मत पाएका छन् । नेकपा (एमाले)का इन्द्रधारा विष्ट ३५५ मतसहित दोस्रो स्थानमा छन् ।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अधितियचन्द्र थकालीले ११७, उज्यालो नेपाल पार्टीका डा. सुरेन्द्र शेरचन ४३, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ङुटुक गुरुङले २८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।

कुल ११ हजार ३२८ मतदाता रहेकोमा मुस्ताङमा ५६.४७ प्रतिशत अर्थात् ६ हजार ३९७ मत खसेको थियो । दाङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । दुई हजार २२६ मतगणना हुदाँ रास्वपाका देवराज पाठकले एक हजार ५१५, एमालेका रेवतीरमण शर्माले २२०, नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ मत प्राप्त गरेका छन् ।

Advertisement

नेकपाका मेटमणि चौधरीले ८८ मत पाएका छन् । यस्तै कालीकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणामअनुसार नेकपाका शाहीले अग्रता लिएका हुन् । त्यस्तै, उनलाई नेपाली कांग्रेसका हर्षबहादुर बमले ४५२ मत ल्याएर पछ्याइरहेका छन् भने एमालेका नगेन्द्रबहादुर शाही (नेसनल)ले ५३३ मत ल्याएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top