×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

२२ फाल्गुन २०८२

२२ फागुन , काठमाण्डौ।

भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले तोकिएको समयमै निर्वाचन सम्पन्न गरेको छ । प्रधानमन्त्री कार्की र उनीसंगै अन्तिम समयसम्म सरकारमा रहेर चुनाव गराई छाड्ने गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनालसहितका अन्य मन्त्रीहरु यसका प्रमुख धन्यवादका पात्रहरु हुन् ।

Advertisement
Advertisement

यस्तै चुनाव लगभग निश्चितजस्तै भएपछि सरकार छाडेकाहरुलाई पनि यो चुनाव सम्पन्न गराउँनमा हामीले सम्झनै पर्छ । र अहिले परिणाम जेजस्तो सुकै आएपनि सबै सानाठूला, नयाँपुराना दलहरुले चुनावमा भाग लिएर र जनताहरुले एकदमै उत्साहपूर्वक मतदानमा सक्रिय भएर, अनि प्रहरी, प्रशासन, सेना, सशस्त्र लगायतका सबै सुरक्षा सम्यन्त्रको उत्तिकैको भूमिका र निर्वाचन आयोगको ठूलो तदारुकता र अठोटले आज यो मुलुकमा निर्वाचन सम्पन्न भएको छ ।

यसमा सबैभन्दा महत्वपूर्ण कुरा एकदमै छाएको निराशा र भदौमा विद्रोहको रुपमा पोखिएको त्यो निराशा कस्तो थियो भन्ने हामी सबैले बुझेका छौं, त्यो निराशा पनि एक हदसम्म यो निर्वाचनले चिरिदिएको छ। किनभने जुन सहभागीता र उत्साह यो चुनावलाई लिएर युवाहरुमा देखिएको थियो, सायदै विगतका चुनावमा त्यो देखिएको थियो ।

अब निर्वाचनको मत परिणाम आउँदै गर्दा एउटा गतिलो स्थिर सरकार आउने र अबको पाँच, सात वर्षमा देशको मुहार राम्रै गरी फेरिदै जाने विश्वास पलाएको छ । त्यो विश्वास अब जित्नेले र संसदमा प्रतिपक्ष भएर बस्नेले पनि कायम राख्न सक्नु पर्छ ।  अहिलेसम्म ५५ क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ स्थानमा अग्रता लिएको छ । त्यसैगरि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले ६ स्थानमा अग्रता नेकपा एमालेले ३ स्थानमा अग्रता लिएर तेस्रो स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टीले पनि ३ स्थानमा अग्रता लिएको छ । राप्रपाको एक स्थानमा अग्रता छ ।

कांग्रेसको ललितपुर क्षेत्र नम्बर १ मा उदयशम्शेर राणा, कपिलबस्तु ३ मा अभिषेक प्रताप शाह र कैलाली १ मा जनकराज चौधरीको अग्रता छ । यो सुरुवाती अग्रता हो । एमालेले अग्रता लिएका क्षेत्र ३ वटा छन् । जसमा रुपन्देही क्षेत्र नम्बर ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद इस्तियाक राई, चितवन १ मा दावा दोर्जे लामाले अग्रता लिएका छन् ।

उता रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार प्रचण्डले २ हजार ९८९ मत मत प्राप्त गरेका छन् । ललितपुर–१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।

जबराले २६७४ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जन र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेल रहेका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २÷२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं १ मा रञ्जु दर्शना १३५९१ सहित अगाडी, काठमाडौं २ मा रास्वपाका सुनिल केसी २१२६, काठमाडौं ३ मा राजुनाथ पाण्डे २९६०, काठमाडौं ४ मा पुकार बम ४८१६, काठमाडौं ५ मा सस्मित पोखरेल ३७००, काठमाडौं ६ मा शिशिर खनाल ७४२६, काठमाडौं ७ मा गणेश पराजुली ६३४६, काठमाडौं ८ विराजभक्त श्रेष्ठ ९३१९, काठमाडौं ९ मा डीपी अर्याल ११५० र काठमाडौं १० मा प्रदीप विष्ट ६०४२ मतले अग्रता कायम गरेका छन् ।

यसैगरी ललितपुर २ मा जगदिश खरेल २२८ र ३ मा तोसिमा कार्की २३७९ले अग्रता लिएका छन् ।भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपा उम्मेदवारहरु अगाडि छन् । नेमकिपाको गढ मानिने क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जितको ३४५२ अगाडि छन् । नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् ।

यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा राजिव खत्रीले ३०६० अग्रता लिँदा एमाले उम्मेदवार महेश बस्नेत १५७३ पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ निन्तर अगाडि रहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रवि लामिछाने ५१८८ मत ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका अस्मिन घिमिरे २०२५ मतसहित पछ्याइरहेका छन् । चितवन ३ मा सोविता गौतम ३६३९ ले अगाडी, रेणु दाहालको २२६३ मत खसेको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पछि पारिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ४ सय २० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सार्लही क्षेत्र नम्बर ४ मा मतगण्ना सुरु भएको छैन । नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार रहेको दाङ २ मा मतगणना सुरु हुन बाँकी छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डिपी) पनि अगाडि छन् । उनी काठमाडौं ९ बाट उम्मेदवार छन् ।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले तनहुँ १ मा अग्रता लिइरहेका छन् । वाग्लेले २१३१ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराई ९६३ मत ल्याएर पछ्याइरहेका छन् । काठमाडौं–५ मा ईश्वर पोखरेल प्रारम्भिक मतगण्नामा तेस्रो स्थानमा रहेका छन् ।

रास्वपाका सस्मित पोखरेलले ९१२४ मत पाउँदा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले २८८७ मत पाएका छन् भने इश्वर पोखरेलको १५५८ मत रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट उम्मेदवार छन् । यो क्षेत्रमा मतगण्ना सुरु हुन बाँकी छ ।

झापा ५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आफूले राम्रो मत पाउने अपेक्षा गरेको क्षेत्रको गणनामै पछि परेका हुन् ।झापा २ मा प्रतिनिधिसभाका पूर्वउपसभामुख इन्दिरा राना मगरले अग्रता लिएकी छन् । उनले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पारेकी छन् ।

रानाले २ हजार ९ सय ६५ र घिमिरेले ११ सय ४७ मत पाएका छन् ।कांग्रेसकी सरिता प्रसाईंले ११ सय २५ मतसहित तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।नेपाली कांग्रेसले पाँच स्थानमा अग्रता लिएको हो । निर्वाचन आयोगका अनुसार काग्रेंसले तेह्रथुम १ मा सन्तोष सुब्वा, ललितपुर १मा उदयशमशेर राणा, मुस्ताङ १ मा योगेश थकाली, कपिलवस्तु ३ अभिषेकप्रताप शाह र कैलाली १ मा जनकराज चौधरीले अग्रता कायम गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले दुई क्षेत्रमा अग्रता लिएको छ । नेकपा संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वमा अग्रता लिएका छन् । अहिलेसम्म उनले १४१५ मत पाएका छन् ।दाहाल यसपटक रुकुम पूर्वमा उम्मेदवार भएका थिए । यसअघि उनी गोरखा २ बाट उम्मेदवार भई विजयी भएका थिए । एमालेका लीलामणि गौतमले उनलाई पछ्याइरहेका छन् ।

उनले ४३१ मत पाएका छन् । त्यस्तै कांग्रेसकी कुसम देवी थापाले ४१७ मत पाएकी छन् । त्यस्तै महेन्द्रबहादुर शाहीले कालीकोटमा अग्रता लिएका छन् । उनले २ हजार ८६५ मत पाएका छन् । कांग्रेसका हर्षबहादुर बमले २ हजार ८९ मत पाएका छन् । रुकुम पूर्व र कालीकोटमा मतगणना जारी छ ।

नेकपा एमालेले तीन क्षेत्रमा अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार एमालेका चितवन २ मा अस्मिन घिमिरे ७५५, रुपेन्देही ४ प्रमोदकुमार यादव १२०८ र बाँके २ का मोहम्मद इस्तियाक राईले ८८२ मत पाएर अग्रता लिएका छन् । अहिलेसम्मको यो निर्वाचन मतपरिणाम हेर्दा देशैभर रास्वपा निकै अगाडी रहेको छ ।

र अधिकाँश ठाउँमा मतान्तर पनि उल्लेख्य रहेको छ । सम्भवतः एमाले, काँग्रेस, नेकपासहितका पुराना ठूला भनिएका दलहरुले यस्तो परिणाम आउला भनेर कल्पना पनि गरेका थिएनन । तर रास्वपाले भने आफूले स्पष्ट बहुमत ल्याउने र पछिल्लो समयमा त जुन प्रकारले देशैभर उसको पक्षमा माहोल बनेको थियो त्यो हेर्दा दुई तिहाइकै दाबी रास्वपाले गर्दै आएको थियो ।

हामीले पनि मौनअवधि अघि विभिन्न निर्वाचन क्षेत्रमा रिपोर्टिंग गरिरहँदा रास्वपाको पक्षमा निकै नै माहोल बढेको पाएका थियौँ। र यसपटक युवामात्रै होइन प्राय सबै मतदाताहरुले परिवर्तनको पक्षमा मत हाल्ने जाहेर गरेका थिए । र अहिलेसम्मको परिणाम हेर्दा त्यही प्यार्टन देखिएको छ ।

यसले के संदेश दिएको छ भने हिजो ३० वर्षसम्म एकछत्र शासन गरेकाहरुले जनताको विश्वास गुमाइसकेका रहेछन् । तर उनीहरुले त्यो स्वीकार गरेका थिएनन्, अन्ततः जनताले सत्य उजागर गरिदिए । र अब यस्तैगरी मत परिणाम आउँदै जाने हो भने रास्वपाले यस पटक नयाँ सरकार बनाउने देखिन्छ ।

Advertisement

र उसले विर्सन नहुने कुरा के हो भने जसरी जनताले मतदान गर्दा परिवर्तन गरे अब त्यसैगरी पुराना शासन गर्ने शैली, पुरानै ढर्रा, उही प्रतिशोध, उही गालीगलौच होइन बरु एउटा बलियो, काम गर्ने स्थीर सरकार, जसले आफू भारत र चीनको बीचमा बसेको सम्झेर, अहिले विश्व परिवेशमा जेजस्तो परिवर्तनहरु भइरहेको छ त्यो बुझेर, देशको भित्र र बाहिर पनि केबल हितमात्रै हुने गरीको काम गर्नुपर्नेछ । अब अन्य मुलुकको ट्याग झुण्ड्याइदिएर होइन वास्तविक नेपाल बनाउनु पर्नेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top