×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

२२ फाल्गुन २०८२

२२ फागुन , काठमाण्डौ।

देशैभर जारी मतगणनामा अग्रता कायम गरिरहेको रास्वपाले संघीय राजधानी काठमाडौंबाट जितको खाता खोलेको छ। रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन्। उनले १५ हजार ४५४ मत प्राप्त गरेकी छन्।

Advertisement
Advertisement

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका ‘हेभीवेट’ उम्मेदवार प्रकाशमान सिंहभन्दा १२५ मतले पछि परेका रवीन्द्र मिश्र यस पटक विजयी हुने दाउमा थिए ।

तर, उनी विवेकशील साझा पार्टीकी पूर्वसहकर्मी रञ्जु दर्शना न्यौपानेसँगै पराजित भए । यसअघि यो क्षेत्रमा तीन पटक नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए । काठमाडौँ क्षेत्र नम्बर १ मा चर्चित उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी रन्जु दर्शनाबीचको प्रतिस्पर्धा थियो ।

विगतका निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक रवीन्द्र र रन्जु दुवैको तेस्रो प्रयासमा विजयको दाउ थियो । नियमित रूपमा काठमाडौँ–१ बाट उठ्दै आएका रवीन्द्रले यस पटक पनि पराजय भोग्नुपरेको छ ।

२०७४ र २०७९ को निर्वाचनमा उनले यही क्षेत्रबाट कांग्रेस उम्मेदवार सिंहसँग प्रतिस्पर्धा गरेका थिए । यस पटक कांग्रेस सभापति गगन थापाले सिंहलाई टिकट दिएनन् । उनी नउठेको फाइदा रवीन्द्रले उठाउन खोजेका थिए, तर सफल भएनन् ।

यता २०७४ को निर्वाचनमा विवेकशील साझाबाट काठमाडौँ महानगरपालिकाको मेयरमा पराजित भएकी रन्जुले यस पटक काठमाडौँ–१ मा बाजी मारेकी छन् । विवेकशील साझाका संस्थापक उज्ववल थापाको निधनपछि पार्टी तहसनहस हुँदा २०७९ को निर्वाचनमा रन्जुले काठमाडौँ–५ बाट उम्मेदवारी दिएकी थिइन् ।

तर, त्यहाँ उनको जमानत जफत भएको थियो । २१ वर्षकै उमेरमा राजनीतिमा उदाएकी र अघिल्लो निर्वाचनमा धक्का खाएकी रन्जुलाई रास्वपाको यात्रा फापेको छ । गर्भवती भएका कारण रास्वपाले रन्जुलाई सुरुमा समानुपातिक सूचीमा राखेको थियो ।

तर, चौतर्फी विवाद भएपछि उनले नाम फिर्ता लिएर काठमाडौँ–१ बाट प्रत्यक्ष लड्ने निर्णय गरेकी हुन् । उनीसँगै विवेकशील साझाबाट रास्वपा प्रवेश गरेकी समीक्षा बास्कोटा भने समानुपातिक सूचीमै रहिन् । ७९ को निर्वाचनमा काठमाडौँ–५ बाट मात्र ६०० मत प्राप्त गरे पनि रन्जु राजनीतिमा निरन्तर सक्रिय थिइन् ।

२२ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् । रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा चिनिएको नाम हो । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिइन् ।

त्यसबेला नेपालमा भूमिगत र कतिपय मूल राजनीतिमा रहेका दलहरूले समेत नेपाल बन्दको घोषणा गर्थे । त्यस्तो बन्द–हड्तालले नागरिकलाई सास्ती दिएको भन्दै विरोधमा रञ्जु सडक आन्दोलनमा सक्रिय भइन् । उनको समेत सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ सञ्चालन भएको थियो ।

यसका अलावा उनी समाज सेवामा पनि सक्रिय भइन् । २०७२ सालमा महाभूकम्प गयो । त्यसपछि राहत तथा पुनस्र्थापनाको कार्यमा सक्रिय भइन् । डा. गोविन्द केसीले भ्रष्टाचारविरुद्ध अनसन बस्दा रञ्जु सहयोगी भूमिकामा देखिएकी थिइन् । पार्टीमा पनि उनको प्रभाव बढ्दै थियो । २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो ।

जसमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनिन् । त्यसबेला उनी २२ वर्षकी थिइन् । ‘काठमाडौं विश्वको सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी रञ्जुको उम्मेदवारीले ठूलो चर्चा पायो । उक्त निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरिन् र तेस्रो भइन् ।

त्यसबेला काठमाडौं महानगरको मेयरमा भने नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भए । त्यो चुनावले रञ्जुलाई राष्ट्रिय चर्चामा ल्यायो । २०७८ सालमा विवेकशीलमा आन्तरिक कलह चुलियो । रञ्जु पार्टीबाट राजीनामा दिएर केही समय स्वतन्त्र रहिन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनिन् । तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् । रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top