७० वर्षपछि जर्मनीमा रातमा कर्फ्यु

२१ असोज ७७, बिहीबार

२२ आश्विन, एजेन्सी ।
जर्मनीमा कोभिड– १९ को दोस्रो लहर सुरु भएको छ ।

यसअघि फ्रान्स, स्पेनमा कोरोनाको दास्रो लहर देखिएको थियो । कोरोनाको पहिलो चरण नियन्त्रणमा ल्याएसँगै जर्मनीले लकडाउन खुकुलो पारेको थियो । जर्मन नागरिक सामान्य जीवनमा फर्कन थालिसकेका थिए ।

तर, दोस्रो लहर सुरु भएपछि जर्मनीमा रात्रिकालीन गतिविधिलाई रोक लगाइएको छ । लकडाउन खुलेसँगै जर्मन नागरिकले रात्रिकालीन गतिविधि बढाएपछि कोरोना नियन्त्रणबाहिर गएको सरकारको ठहर छ । यही कारण सरकारले रात्रिकालीन जीवन रोक्न कर्फ्यू लगाएको छ ।

जर्मनीमा यसरी रातको समयमा कर्फ्यु लगाएको ७० वर्षपछि पहिलोपटक हो । जर्मनीको राजधानी बर्लिनमा सरकारले निकै कडा नियम लागू गरेको छ । यहाँ रातमा कडा रूपमा कफ्र्यु जारी गरेको छ । बर्लिन युरोपको व्यस्त रात्रिकालीन जीवन बिताउने सहरमध्ये पर्छ ।

प्रशासनले अहिले रातको ११ देखि बिहान ६ बजेसम्म बर्लिनलगायत ठूला सहरमा रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्युको समयमा सरकारको नियम तोडेमा तत्कालै उनीहरूको लाइसेन्स रद्द हुनेछ । साथै उनीहरूले ठूलो रकम जरिवाना तिर्नुपर्छ ।

पुनः लाइरेन्स प्राप्तिका लागि सुरुदेखि नै प्रक्रियामा जानु पर्नेछ । बर्लिनमा प्रत्येक दिन अहिले औसतमा ४५ जनामा कोरोना संक्रमण देखिइरहेको छ । जर्मनीको स्वास्थ्य मन्त्रालयले दोस्रो चरण कोरोना नियन्त्रण गर्न पहिलेभन्दा कडा नियम लागू गरेको जनाएको छ ।

प्रत्येक दिनजसो हुने पार्टी वा महोत्सवमा हुलमुल नगर्न स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ । नियम कडा भए पनि एक स्थानमा पाँचजनासम्म बस्न सकिने अवस्था छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top