नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १२ जनाकाे मृत्यु

२२ असाेज, काठमाडाैँ ।

आज काठमाडौं उपत्यकामा २ हजार ८५ गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढीरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६७, प्रदेश नम्बर २ मा ५ सय १२, बागमती प्रदेशमा ७ हजार ८ सय ८४ र गण्डकी प्रदेशमा ४ सय ६१ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ९०, कर्णाली प्रदेशमा ४ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २ सय ५८ जना गरी ११ हजार ७ सय १७ जना संस्थागत आइसोलसनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय २७, प्रदेश नम्बर २ मा ४ सय ७५, बागमती प्रदेशमा ९ हजार ८ सय २८ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ४७, कर्णाली प्रदेशमा ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७६ जना गरी देशभरी १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।

आज आइसियुमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत रहेका छन । आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार २ सय २१, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ९१ बागमती प्रदेशमा २५ हजार ३ सय ५ र गण्डकी प्रदेशमा ४ हजार १ जना डिस्चार्ज भएका छन् । लुम्बिनी प्रदेशमा १० हजार २ सय ३८, कर्णाली प्रदेशमा ३ हजार ३ सय २६, सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ६१ गरी देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षिय, धनुषामा ७० वर्षिय, काठमाडौंमा ५८ वर्षिय, ९१ वर्षिय र कस्कीमा ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षिय, ८१ वर्षिय र ९२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top