विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज

२२ असोज ७७, शुक्रबार

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ। नियमानुसार धरौटी नबुझाएकाले ती संस्थाको सूचीकरण खारेज गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ (क)को उपनियम ६ र ७ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५ लाख धरौटी राख्नुपर्छ। २०७६ भदौ १ अघि मन्त्रालयमा सूचीकरण भइसकेका ती स्वास्थ्य संस्थाले तीन महिनाभित्र बाँकी २ लाख रुपैयाँ वैदेशिक रोजगार विभागमा जम्मा गर्न नसकेको मन्त्रालयले जनाएको छ।

निर्धारित समयमा बाँकी धरौटी बुझाउन नसकेको र पेस भएको सफाइसमेत सन्तोषजनक नभएकाले यही असोज २० गतेको मन्त्रीस्तरीय बैठकले खारेज गरेको हो। नियम ४६ बमोजिम विशेषज्ञ समितिको सिफारिसमा खारेज गरिएको सूचनामा उल्लेख छ। वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार ३५ वटा स्वास्थ्य संस्था खारेजीको सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ। सूचीकरण खारेजीमा परे पनि जम्मा गरेको धरौटी रकम फिर्ता नलिएको भए फिर्ता पाउने जनाइएको छ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top