भारत–चीन सीमा विवादः अमेरिकाले भन्यो, चीनसँग वार्ता गर्नुको कुनै फाइदा छैन

२४ असोज ७७, आइतबार

२५ आश्विन, एजेन्सी ।
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले वार्ताका माध्यमबाट चिनियाँ कम्युनिस्ट सरकारले अंगीकार गरेको बाटो परिवर्तनका लागि मनाउन र बाध्य पार्न नसकिने समय आइसकेको बताएका छन् ।

Advertisement

भारत–चीन सीमा विवादबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रायनले वार्ता वा आपसी सहमतिका माध्यमबाट चीनले अंगीकार गरेको बाटो परिवर्तनका लागि मनाउन र बाध्य पार्न नसकिने समय आइसकेको बताएका हुन् ।

टाइम्स अफ इन्डियाको पहिलो पृष्ठमा प्रकाशित समाचारअनुसार ओब्रायनले चीनको आक्रामक कदमको जवाफ दिनका लागि उसको सामना गर्न आवश्यक रहेकोतर्फ संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

Advertisement

आफ्नो प्रभुत्व बढाउने चीनको प्रयासतर्फ संकेत गर्दै उनले भनेका छन्, “पिपुल्स रिपब्लिक अफ चाइनालाई वार्ता र सहमतिका माध्यमबाट न सहमत गराउन सकिन्छ र न बाध्य गर्न सकिन्छ भन्‍ने बेला आइसकेको हामीले स्वीकार गर्नुपर्छ । यसरी चुप लागेर बस्‍दा केही हासिल हुन्‍नँ ।

लामो समयदेखि हामी यही गर्दै आएका छौं ।” ओब्रायनले भारत(चीन सीमामा चीनले शक्ति प्रयोग गरेर लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा कब्जा गर्नका लागि गरिरहेको प्रयासबाट उसको आक्रामकता स्पष्ट देखिएको पनि बताए ।

Advertisement

आइतबार लद्दाखमा भारत र चिनियाँ कमान्डरहरुका बीचमा वार्ता हुन गइरहेका बेला अमेरिकाको यस्तो धारणा आएको हो । अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्रीहरु र रक्षा मन्त्रीहरुको ‘टू प्लस टू’ बैठक हुन गइरहेको छ ।

यसलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रायनको बयानलाई अत्यन्तै महत्त्वपूर्ण मानिएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारतको उत्तरी सीमामा चीनले ६० हजार सैनिक तैनाथ गरेको बताएका थिए । (बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top