यूईएफए नेशन्स लिगः इंग्ल्याण्डद्वारा बेल्जियम २-१ ले पराजित

यूईएफए नेशन्स लिगः इंग्ल्याण्डद्वारा बेल्जियम २-१ ले पराजित

२६ असोज, एजेन्सी । यूईएफए नेशन्स लिग फुटबलमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको छ ।

गएराति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको १६ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बेल्जियमले अग्रता बनाएको थियो ।

तर ३९ औं मिनेटमा मार्कुस रासफोर्डले इंग्ल्याण्डलाई बराबरीमा पुर्याए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा इंग्ल्याण्डका मासुन माउन्टले गोल गर्न सफल भए ।

प्रतियोगितामा बेल्जियमको यो दोस्रो हार हो । यो जितपछि समूह बी मा रहेको इंग्ल्याण्ड ७ अंकका साथ शीर्ष स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.