जिल्ला प्रशासनसहित दाङका चार सरकारी कार्यालयहरु बन्द

२५ असोज ७७, सोमबार

२६ आश्विन, दाङ ।
कोभिड–१९ संक्रमणका कारण दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङका लागि अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

त्यसैले जिल्ला प्रशासन कार्यालयबाट हुने शान्तिसुरक्षा, मुद्दालगायत अत्यावश्यकबाहेकका अन्य सेवाहरु ३० गतेसम्मका लागि बन्द गरिएको प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिए ।

यसैगरी जिल्ला अदालतमा साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको र दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने निर्णय गरिएको श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।

भर्खरको समाचार

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top