×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

दूध, पानी र खाद्यान्नमा सबैभन्दा बढी मिसावट 

२६ आश्विन २०७७

२६ आश्विन, काठमाडौं ।
बजारमा बिक्री हुने दूध, प्रशोधित पानी र खाद्यान्न सबैभन्दा बढी दूषित र मिसावट हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो समय गरेको नमुना परीक्षणबाट दूध, पानी र खाद्यान्नमा मिसावट गरिएको फेला परेको हो । दूधमा कोलिफर्मको मात्रा बढी, पानीमा तोकिएको मापदण्ड पूरा नगरी उत्पादन र गरेको र खाद्यान्नमा लेबल केरमेट भएको तथा ढुसीसमेत परेको फेला परेको छ ।

Advertisement
Advertisement

विभागका महानिर्देशक उपेन्द्र रायले दूषित उत्पादन गर्ने उद्योगलाई कारबाहीका लागि मुद्दा दायर गरिएको जानकारी दिए । पछिल्लो समय पानी उद्योग, खाद्य उद्योग र दूधमा कैफियत भेटिएपछि ती उद्योगलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल असर पार्ने गरी दूषित उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन अनुसार कारबाही गर्न लागिएको छ । विभागले खाद्य उद्योग, दाना उद्योग, होटेल रेष्टुरेन्ट, खाद्य पसल लगायतका खाद्य व्यवसायको अनुगमन गरेर ४ सय ३३ वटा नमुना संकलन गरेको थियो

संकलित नमुनाको परिक्षण गर्दा १४ वटा प्रतिकुल देखिएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको हो । प्रशोधित पानीको दुई, दूधको पाँच वटा उद्योगलाई कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जानकारी दिएको छ ।

तोकिएको मापदण्ड पूरा नगरी उत्पादन गर्ने दुई वटा खाद्य उद्योग र खाद्य व्यवसायीको उत्पादनमा रोक लगाई सिलबन्दी गरिएको विभागले जानकारी दिएको छ । यस्तै खाद्य व्यवसाय सञ्चालन गर्ने खाद्य उद्योगी तथा खाद्य व्यसायीविरुद्ध कारबाहीको क्रममा रहेको २१ वटा मुद्दा कार्यान्वयनको क्रममा रहेको विभागले जानकारी दिएको छ ।

जसमा पाँचवटा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा वितरणमा रोक लगाई मुद्दाको बयान सकेर सरकारी वकिलको कार्यलयमा लैजाने क्रममा रहेको विभागले जानकारी दिएको छ ।

Advertisement
Advertisement

चाडपर्वको समयमा बजार हुन सक्ने खाद्यान्नमा मिसावट, ठगी नियन्त्रण गर्नका लागि विभागले दैनिकजसो ३ वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको जानकारी दिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top