×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव रोक्न प्रचण्ड र नेपाल समूहका नेताहरु छलफलमा

२७ आश्विन २०७७

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

सोमबार दिनभर चलेको छलफललाई नेताहरुले आज पनि बिहानैबाट निरन्तरता दिएका हुन् । छलफलमा नेता नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही छन् भने प्रचण्ड पक्षबाट मुख्यमन्त्री शाही, नेकपा कर्णालली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा र प्रदेश सांसद बिन्दमान बिष्ट छन् ।

Advertisement
Advertisement

तर, अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेल पक्षसँग भने छलफल हुन सकेको छैन । कँडेल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् । तर, प्रचण्ड र नेता नेपाल पक्ष भने सहमति नजिक नै पुगेको स्रोतले जनाएको छ ।

Advertisement

नेपाल पक्ष अविश्वासको प्रस्तावबाट पछि हटे मुख्यमन्त्री शाही फेरि बहुमतमा हुनेछन् । आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ मध्ये सात जना नेता नेपाल पक्षका छन् । पूर्वमाओवादी पक्षका तीन जनालाई पनि फिर्ता गराउने प्रयास भइरहेको एक नेताले बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top