संक्रमित ३ लाख नाघ्ने सरकारको आकलन, दसैँमा घर गएकालाई फर्कन रोक लगाउन सुझाव

२८ असोज ७७, बिहीबार

काठमाडौँ : सरकारले कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ । दसैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्था बिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्छ ।’ अधिकतम संख्या कहिले पुग्छ भन्ने मन्त्रालयले खुलाएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ लाख १७ हजार ९ सय ९६ लाई कोरोना पुष्टि भइसकेको छ । तीमध्ये करिब ३६ हजार सक्रिय संक्रमित छन् । ‘दसैंमा गाउँ गई अरूलाई पनि संक्रमित बनाएर सहर फर्कंदा स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सहरमा मात्रै केन्द्रित संक्रमण गाउँमा फैलिँदा अलि चुनौती हुन सक्ने देखेर व्यवस्थापनमा जुटिरहेका छौं ।’ उनका अनुसार अहिले आईसीयू र भेन्टिलेटर मात्रै अभाव छ । ‘जनरल बेड खाली नै छन् तर अवस्था बिग्रियो भने बेड अभाव हुने देखेर सतर्कता अपनाइसकेका छौं,’ उनले भने ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चाडबाडका बेला बढ्न सक्ने संक्रमितलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई ‘कोभिड डेडिकेटेड’ मा रूपान्तरण गरिसकेको बताए । ‘पहिलो चरणमा सरकारी संरचनाबाटै संक्रमितको उपचार गर्न यो निर्णय गरेका हौं,’ उनले भने, ‘हाम्रो संरचनाले नभ्याउने भए निजी अस्पताल र मेडिकल कलेजलाई प्रयोग गर्छौं ।’

Advertisement

मिर्गौला, मुटुरोग, बालरोग, मानसिक रोगका अस्पताललाई समेत कोभिड–१९ को उपचार गर्ने अस्पतालमा रूपान्तरण गरिएको छ । मुटुरोग लागेकालाई कोरोना भए यसकै उपचार गर्ने गंगालाल, बालरोगसमेत भएकालाई कान्तिमा राख्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । आईसीयू र भेन्टिलेटरको संख्या पनि क्रमशः बढाइरहेको ढकालले बताए । संक्रमण देखिएपछि मात्रै करिब तीन सय भेन्टिलेटर र एक हजारभन्दा बढी आईसीयू थपिएको उनको भनाइ छ ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताललगायत देशभरिका २५ वटा ठूला र ६४ वटा मझौलालाई कोभिड अस्पताल तोकिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

सबै अस्पतालमा गरेर २० हजार ७ सय ६५ शय्या, २ हजार ६ सय आईसीयू र १ हजार भेन्टिलेटर रहेको मन्त्रालयको दाबी छ । ‘संक्रमणको सुरुको अवस्थामा ३ हजार ७६ शय्या र १ हजार ५ सय ९५ आईसीयू बेड छुट्याइएको थियो र ७ सय ७० वटा मात्र भेन्टिलेटर थिए,’ मन्त्री ढकालले भने, ‘भेन्टिलेटर, आईसीयू बेड र अक्सिजनको आपूर्ति बढाउने काम निरन्तर भइरहेको छ । यसका लागि संघीय सरकारका तर्फबाट मात्रै ७० करोड रुपैयाँ लगानी भइसकेको छ ।’ अक्सिजन प्लान्ट नभएका जिल्ला, प्रदेश तथा संघका अस्पतालमा सो व्यवस्था गर्न बजेट विनियोजन भइसकेको उनले बताए । साउनयता मात्रै ८६ भेन्टिलेटर र २ सय २० वटा आईसीयू स्थापना गर्न अस्पताललाई ४८ करोड रुपैयाँ पठाइसकेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने भएपछि शय्या करिब ६ हजार पुगेको प्रवक्ता डा. गौतमले बताए । यसअघि १ हजार ५ सय शय्या मात्रै थियो । संक्रमितको संख्या बढ्न नदिन उच्च तहका कर्मचारी र सांसदले काठमाडौंका नाका सिल गर्न र सरकारी कार्यालयको सेवा बन्द गर्न सुझाव दिएका छन् । केहीले दसैंमा घर जान दिएर उपत्यकामा भीडभाड कम गर्न दिने र फर्कन रोक लगाउनुपर्ने प्रस्ताव पनि राखेका छन् । ‘दसैंमा मान्छे बच्चा डोर्‍याएर भए पनि घर जान्छन् । कर्फ्यु नै लगाए पनि कार्यान्वयन हुन सक्दैन,’ गृह मन्त्रालयका उच्च तहका कर्मचारीले भने, ‘अब लकडाउन र सिल सम्भव छैन ।’ तिहारका बेला संक्रमण उच्च हुन सक्ने भएकाले काठमाडौंमा विस्तार गर्ने भनिएको २ हजार शय्याको ‘हाई डिपेन्डेन्सी युनिट’ बनाइसक्ने प्रवक्ता डा. गौतमले बताए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

सम्बन्धित समाचार

Scroll to Top