ट्रम्पको कान्छो छोरा पनि संक्रमित भएको खुलासा

२८ असोज ७७, बिहीबार

२९ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ ।

प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको खुलाएकी हुन् । कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले संक्रमण मुक्त भइसकेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । ब्यारन संक्रमित भएको खबर अहिलेसम्म लुकाइएको थियो ।

प्रथम महिला मिलानियाले ब्यारन संक्रमित भएपछि आफ्नो त्रास यथार्थमा परिणत भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘तर उ बलियो किशोर हो र कुनै लक्षण देखिएन ।’ राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

Advertisement

ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् । चुनावी अभियानका लागि बुधबार आयोवा जाने बेला ट्रम्पले पत्रकारसँग आफ्नो कान्छो छोराले राम्रो गरिरहेको बताएका थिए ।

सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम घोषणा गर्ने कार्यक्रमबाट ह्वाइट हाउसका उच्च अधिकारीमा संक्रमण फैलिएको अनुमान छ ।

Advertisement

अमेरिकामा ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म दुई लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top