पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

२९ असोज ७७, बिहीबार

२९ आश्विन, काठमाडौँ ।
सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

Advertisement

रक्तचाप बढेपछि उनलाई हेम्स अस्पतालमा बुधबार दिउँसो करिव चार बजे भर्ना गरिएको हो। खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार अहिले खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरुले बताएका छन्।

तर घरमा आएपछि भेटघाटलगायतमा व्यस्त हुनुपर्ने अवस्था आउने भएकाले उनी बिहीबार साँझसम्म अस्पतालमै रहनु पर्ने चिकित्सकहरुको सुझाव लागू गरेको भट्टराईको भनाई छ। खनालले बिहीबार बिहान ‘मर्निङ वाक’मा गएका बेला रक्तचाप बढेपछि असहज महशुस गरेका थिए।

Advertisement

स्वास्थ्य सामान्य अवस्था आउन सक्ने भन्दै केही घण्टा प्रतिक्षा गरेपनि त्यस्तो संकेत नदेखिएपछि खनाल हेम्स अस्पतालमा पुगेर भर्ना भएका हुन्। अस्पतालमा भर्ना हुनुअघि खनालको पीसीआर परीक्षणसमेत गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।

पार्टीमा भइरहेको उत्तारचढावका बीच खनालको स्वास्थ्यमा समस्या आएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top