पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलद्वारा विश्व बैंकबाट डलर २० करोड ऋण लिने निर्णयमा हस्ताक्षर

२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन् । बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन्।

Advertisement

पदभार सम्हाल्नुअघि उनीसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको सपथ लिएका थिए।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।

Advertisement

नेकपा महासचिवसमेत रहेका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top