×

NEPAL TIMES UPDATES

Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026

ताप्लेजुङमा सर्पको बिगबिगी, झारपुक गर्दागर्दै जान्छ ज्यान

२९ आश्विन २०७७

२९ असाेज, ताप्लेजुङ ।

 फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो ।

Advertisement
Advertisement

सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल टाढाबाट धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाए । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि उनको मृत्यु भयो । “हामीले बेलुका मात्रै थाहा पायौँ”, छिमेकी रामले भने, “झारफुक गर्दागर्दै उनको मृत्यु भयो ।” उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन घण्टा पैदल दूरीमा छ ।

मिक्वाखोला गाउँपालिका–४ थलङ निवासी अमरसिं थलङ रोजगारीको सिलसिलामा फक्ताङलुङ गाउँपालिका–६ लेलेप सडकको ग्याविन बुन्न पुगे । राति छिमेकीको घरमा मोबाइल चार्ज गर्न जाने क्रममा रुखमा रहेको सर्पले गत भदौ २० गते रातको १२ बजे गालामा डस्यो । गालामा डसेपछि शरीरमा विष फैलन नदिनका लागि डोरीले बाँध्न पनि समस्या भएपछि झारफुक गरे । तर, सिकिस्त अवस्था पुगेपछि थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पु¥याइयो । जिल्ला अस्पताल ताप्लेजुङमा एक रात राखेपछि अवस्था निकै गम्भीर भएपछि थप उपचारका लागि भदौ २२ गते झापाको चारआली सर्पदंश अस्पतालमा पु¥याइ अहिले थलङको उपचार भइरहेको छ ।

फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका १३ वर्षीय फाल्गुनन्द तुम्बाहाम्फेलाई २०७६ वैशाख २६ गते घरमै सर्पले डस्यो । उनलाई सुतिरहेको समयमा हातमा सर्पले डसेको थियो । परिवारले धामी बोलाए । धामीले घाउ नजिकै डोरीले बाँधे र झारपात पिसेर लगाइदिए । यसरी धामीले १५ दिनसम्म विष झार्न प्रयास गरिरहे । निको हुनुको साटो हात सुनिन्दै गयो । केही नलागेपछि छिमेकीको आग्रहमा तापेथोक स्वास्थ्यचौकी लगियो । स्वास्थ्यचौकीले यहाँ उपचार सम्भव नहुने भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस ग¥यो । उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कल पुग्दा उनको मृत्यु भयो ।

सर्पले डसेर घाइते बनेकी फक्ताङलुङ–४ इखाबुकी नैनरानी लिम्बूलाई पनि परिवारले झारफुक गर्न लगाए । धामीले निको पार्छु भनेपछि दुई दिनसम्म बाटो हेरे । बिरामीको अवस्था नाजुक बन्दै गयो । धामीले पार लगाउन नसकेपछि जिल्ला अस्पताल पु¥याइयो । अस्पतालले झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजान भन्यो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बिर्तामोडमा गत साउन १३ गते नैनरानीको मृत्यु भयो । घरबाट आधा घण्टा पैदलमा रहेको अलैँची बगानमा घाँस काट्न जाँदा उनी सर्पको शिकार बनेकी थिइन् ।

फक्ताङलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार उक्त गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा १५ जनाको सर्पले डसेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६/७७ मा जना, २०७५/७६ मा चार जना र २०७४/७५ मा चार जनाको सर्पको टोकाइपछि मृत्यु भएको भट्टराईले बताए । यो अवधिमा सर्पले डसेर घाइते हुने २० भन्दा बढी छन् । अन्य पालिकामा पनि सर्पको बिगबिगी उस्तै छ । गत जेठ २१ गते फुङलिङ नगरपालिका–२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जनलाई सुतेकै ठाउँमा सर्पले डस्यो । राति धामी बोलाएर विष झार्न लगाइयो । एक घण्टा दूरीमा रहेको जिल्ला अस्पताल लानेतर्फ कसैले चासो दिएनन् । उनको बिहान पाँच बजे मृत्यु भयो ।

फक्ताङलुङ गाउँपालिका–४ का पूर्वप्रधानपञ्च मणिप्रसाद लावुङका अनुसार त्यो भेगमा पाइने सर्प गुर्भे र हरियो (सतुवा) हुन् । यी सर्पले अलैँची बगानमा काम गर्दा र घाँस दाउरा गर्दा मानिसलाई आक्रमण गर्ने गरेका छन् । सर्पले डसेपछि झारफुक गर्ने, डोरीले कस्ने, झारपात माडेर लगाउने, बुटी बाँध्नेजस्ता परम्परागत उपचार पद्धति व्याप्त छ ।

निकै ढिलो भएपछि मात्रै स्वास्थ्य संस्थामा लैजाने चलन रहेको लावुङले बताउनुभयो । गाउँघरमा विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने र मुखले चुसेर रगत झिक्ने चलन छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको सङ्क्रमणको जोखिममा समेत वृद्घि चिकित्सक बताउँछन् ।

यी सर्प विषालु नभए पनि डसेको ठाउँमा अन्य सङ्क्रमण भएर बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामाले बताए । “सर्पले डसेपछि उहाँहरु घरेलु उपचारमा लाग्नुहुन्छ, कतिको घरमै मृत्यु हुन्छ, कोही अन्तिम अवस्थामा मात्रै हामीकहाँ आइपुग्नुहुन्छ”, लामाले भने, “गलत उपचारले रगतमा इन्फेक्सन पुग्छ र अन्य सङ्क्रमणले ज्यान गएको उदाहरण छ ।”

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न उनको सुझाव छ । जतिसक्दो छिटो स्वास्थ्य संस्थामा पु¥याउनु नै उत्तम उपाय भएको लामाले बताए । “सर्पले टोकेको अङ्गलाई चलाउनु हुँदैन । स्थिर गरी बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्छ”, लामाले भने ।

Advertisement
Advertisement

गाउँघरमा सर्पदंशका कारण नागरिकहरु पीडित भए पनि सरकारले भने यसमा ध्यान दिएको छैन । तीनै तहका सरकारले यो समस्या समाधानको कुनै योजना बनाएका छैनन् । यो समस्याबाट न्यून आय भएका व्यक्ति बढी प्रभावित भइरहेका छन् । सर्पदंश समस्यलाई उच्च प्राथमिकता दिई नियमितरूपमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने पूर्वप्रधानपञ्च लावुङको सुझाव छ । आफ्नो पालिकामा अन्यभन्दा सर्पदंशको समस्या जटिल रहेको फक्ताङलुङ गाउँपलिकाका अध्यक्ष सरोज लिम्बूले बताए ।रासस

भर्खरको समाचार

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top