स्याङ्जा प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य, नभए १४ दिन क्वारेन्टाइन बस्नुपर्ने

२८ असोज ७७, बिहीबार

२९ असोज, स्याङ्जा।

Advertisement

स्थानीय प्रशासनले स्याङ्जा जिल्ला प्रवेशमा कडाइ गरेकाे छ । जिल्ला प्रवेशका लागि ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने छ।

दसैं लगायतका चाडपर्वमा नागरिकको आवतजावत बढ्न जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै प्रशासनले जिल्ला प्रवेशमा कडाइ गर्ने नीति अवलम्बन गरेको हो ।

Advertisement

बुधबार बसेको सर्वपक्षीय बैठकले बुधबार राती १२ बजेबाट प्रशासनले जिल्लाभर लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी नयाँ आदेश जारीगरी सामूहिक गतिविधिका कार्यलाई निषेध गरेको छ।

कोरोनाको उच्च जोखिम भएका स्थानबाट आउने व्यक्तिहरुले ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्वारा बुधबार जारी आदेशमा उल्लेख छ । पीसीआर रिपोर्ट दिन नसक्ने व्यक्ति १४ दिन क्वारेन्टिनमा बसेर मात्रै घर जान पाउने जनाइएकाे छ ।

Advertisement

प्रशासनले जो जहाँ छ, त्यहीँ बसेर चाडपर्व मनाउन पनि सर्वसाधरणसँग अपिल गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top