पाँचथर, बैशाख २७ ः जिल्ला प्रहरी कार्यालय पाँचथरले कर्तब्य ज्यान मुद्धाका एक फरार अभियुक्तलाई १७ बर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत पाँचथरबाट कर्तब्य ज्यान मुद्धामा १९ वर्ष ५ महिना २५ दिन कैद सजाय तोकिएका हाङगुम–३ हाल तुम्बेवा गाउँपालिका ५ बस्ने ७४ बर्षिय धन बहादुर श्रेष्ठ रहेका छन्।
उनलाई गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीको टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई कैद भुक्तानको लागी शुक्रबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।