‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने १ जना पक्राउ

३० असोज, काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह (रेपर एसोशिएसन) बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले  ‘बलात्कारी संगठन’ नामक फेसबुक पेज र ग्रुप चलाएको अभियोगमा एक जनालाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् । उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

पछिल्लो समय नेपालमा दैनिक ७ वटा बलात्कारका उजुरी दर्ता हुने गरेका गृह मन्त्रालयले जनाएको छ । बझाङकी बालिका सम्झना कामीको बलात्कार र हत्या भएपछि पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेका थिए । काठमाडौं लगायत मुलुकका विभिन्न सहरमा बलात्कारीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन भएका थिए । अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेका थिए ।

त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको बताए । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top