कोरोना संक्रमितकाे उपचारका लागि ‘रेम्डेसिभिर’ औषधि नेपाल ल्याउन अनुमति

३० असाेज, काठमाडौँ।

Advertisement

सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् ।

उहाँका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ ।

Advertisement

नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top