×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

देशभरका धेरै सडकमा खाल्डाखुल्डी, मर्मतको रकम खर्चै भएन

३० आश्विन २०७७

३० असाेज, काठमाडौँ।

देशभरका राष्ट्रिय राजमार्गसहित शहरी सडक र ग्रामीण सडकमा मर्मतको अभावमा अवस्था झन खराब भइरहँदा सडक मर्मतका लागि छुट्टाइएको बजेट भने खर्च हुनसकेको छैन ।

Advertisement
Advertisement

सडक बोर्ड नेपालले गत आर्थिक वर्षमा छुट्टाएको बजेटमध्ये ६४ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको पाइएको छ । रणनीतिक सडक मर्मतको काम सडक विभागले गर्दै आएको छ । गत आवमा विभागको आर्थिक प्रगति ७१ दशमलव ५२ प्रतिशत छ भने नगरपलिकाको २४ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, बोर्डले मर्मतका लागि छुट्ट्याइएको बजेटमध्ये १२ दशमलव ३२ प्रतिशत र स्थानीय पूर्वाधार विभागको १४ दशमलव ६३ प्रतिशत मात्र खर्च भएकाे छ।

सडक विभागलगायत अरु निकायले पनि निर्माणलाई ध्यान दिए पनि मर्मतलाई कम ध्यान दिएकोको बोर्डका प्राविधिक निर्देशक सागर ज्ञवलीले बताए । उनका अनुसार सडक विभागले अझै पनि विकास पुगेन भन्दै नयाँ निर्माणलाई बढी केन्द्रित हुँदा मर्मतले कम प्राथमिकता पाएको छ । उनले भने, “सडक मर्मत लक्ष्यानुसार नहुनुमा बजेटभन्दा प्राथमिकतामा कमी हो ।”

नियमित सडक मर्मतसम्भारका लागि सुन्तला रङ्गका लुगा लगाएका व्यक्ति नियमित रुपमा सडकमा खटिनुपर्ने प्राविधिक निर्देशक ज्ञवलीले बताए । “नाला सफा गर्ने र सडकलाई दुरुस्त बनाउने जिम्मेवारी भए पनि राजमार्गमा उनीहरुलाई कम देख्ने गरिएको छ”, उनले भने, “यसको मतलब कार्यान्वयन कम भएको हो ।” बोर्डले नियमित, पटके, आवधिक, विशेष, आकस्मिक गरी सडकको अवस्था र आवश्यकताअनुसार मर्मतका लागि बजेट छुट्ट्याउँदै आएको छ । निर्देशक ज्ञवलीका अनुसार खाल्डा पुर्ने कामका लागि माग भएअनुसार नै पैसा दिए पनि खाल्डा टालिएको छैन । आवधिक मर्मत मागानुसार पैसा दिन नसकिएको तर छुट्ट्याइएको रकम समेत खर्च हुन नसकेको उनले बताए । उनले भने, “पाँच सय किमी माग हुँदा तीन सय किमीमा पनि काम भएको छैन् ।”

बोर्डले विनियोजन गरेको बजेट अनुसारको रकम खर्च नहुनुमा अर्काे महत्वपूर्ण कारण कम रकममा ठेक्का कबुल हुनु पनि रहेको उनको भनाइ छ । काम गर्ने निकाय मात्रै होइन, निर्माण कम्पनीले पनि नयाँ निर्माणभन्दा सडक मर्मतमा कम चासो दिने गरेको पाइन्छ । उनले भने, “निर्माणमा थोरै क्षेत्रफलमा काम गर्दा धेरै रकमको काम हुन्छ तर मर्मतमा थोरै रकममा धेरै क्षेत्रफलमा काम हुने भएकाले पनि यसमा सबैको ध्यान कम गएको हो ।”

लक्ष्यानुसार मर्मत हुन नसक्नुका कारण आवश्यक जनशक्तिको कमी भएको सडक विभागले बताउँदै आएको छ । बोर्डको ऐनले स्थानीय सडकको मर्मत नगरपालिका र जिल्ला विकास समितिमार्फत गर्ने उल्लेख छ । सङ्घीय सडकका लागि ७० प्रतिशत र स्थानीय सडकलाई ३० प्रतिशत रकम छुट्ट्याइने गरिएको हो ।

अहिले पनि नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई पहिलेदेखि दिइँदै आइएको रकम दिएको छ । पहिले जिविसले निर्माण र मर्मत गर्ने ग्रामीण सडकको जिम्मेवारी अहिले गाउँपालिकामा आएकाले त्यो रकम गाउँपालिकालाई दिने गरिएको छ । देश सङ्घीयतामा गएपछि विभिन्न सडक प्रदेशमा हस्तान्तरण भएको छ । बोर्डले भने अहिलेसम्म प्रदेशमा सडक मर्मतका लागि रकम नछुट्ट्याइएको उनले बताए । उनले बताए, “यो वर्ष छुट्ट्याइने कि भनेर छलफल भइरहेको छ ।”

बोर्डले सडक उपभोग दस्तुर, पेट्रोलियम पदार्थमा सरकारले लिने लेबी, सवारीसाधन दर्ता शुल्कलगायतबाट सडक मर्मतका लागि बजेट प्राप्त गर्दछ । सडक उपभोग दस्तुर सिधैँ बोर्डको खातामा आउने भए पनि अरु रकम सरकारले लिएर छुट्टाएर दिने गरेको छ । उपभोग दस्तुरमध्ये दुई तिहाई रकम त्यही सडकमा खर्च गर्नुपर्छ । बुटवाल–नारायणगढ सडकमा अहिले एसियाली विकास बैँक (एडिबी) ले विस्तार गरिरहेको छ तर सो सडकमा उठाइएको दस्तुर ऐनअनुसार अन्यत्र लैजान पाइँदैन भनेर रोकिएको बोर्डले जनाएको छ ।

सरकारले विगतमा चार ठाउँमा दस्तुर उठाउँदै आएकामा अरु थप सडकमा समेत विस्तारको लक्ष्य लिएको थियो । तर कोभिड–१९ का कारण सडकमा सवारीसाधन ह्वात्तै घटेकाले उठाइरहेको स्थानमा समेत रोकिएको छ । बोर्डले ‘हाम्रो सडक’ एप्समार्फत आएका गुनासोका आधारमा मर्मत गराउँदै आएको छ ।

Advertisement

चालू आवमा सरकारले सडकको आवधिक मर्मत र पुनःस्थापनाको लागि सडक बोर्डमार्फ खर्च गर्ने गरी रु आठ अर्ब विनियोजन गरेको थियो । सरकारले सडक मर्मतका लागि बजेट अभाव हुन नदिन पेट्रोल र डिजेलमा थप रु एक लिने निर्णय गरेको थियो । राजमार्ग तथा ठूला सडकको मर्मत सम्भारका लागि दिगो स्रोत सुनिश्चित गर्न सडक प्रयोगकर्ताबाट शुल्क लिने नीति अवलम्बन गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top