×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

स्वदेश फर्केकाले पाएनन् काम

१ कार्तिक २०७७

काठमाडौँ : कोभिड–१९ महामारीअघि दिनमा जति नेपाली श्रम गर्न खाडी मुलुक र मलेसिया जान्थे, त्यति नै संख्यामा स्वदेश फर्किरहेका हुन्थे । यसले नेपालको श्रम शक्ति र रेमिट्यान्सलाई सन्तुलनमा राखेको थियो । महामारीपछि भने बाहिर गएकाहरू आउँछन् मात्रै, जान पाइँदैन ।

त्यसरी फिरेकाहरू पनि आन्तरिक श्रम बजारमा पुनःस्थापना हुन सकेका छैनन् । सीप सिकेर फर्केका श्रमिकलाई रोजगारीसँग जोड्ने योजना सरकारसँग नहुँदा कमाइ दैनिक गुजारामै सकिने चिन्ता उनीहरूमा देखिएको छ ।

Advertisement
Advertisement

कोभिड–१९ संकट व्यवस्थापन समितिका अनुसार बिहीबारसम्म ३२ देशबाट १ लाख ७ हजार ६ सय ९१ जना फर्केका छन् । तीमध्ये खाडी र मलेसियाबाट आएका मात्रै ९३ हजार ६ सय ४१ जना छन् । मौसमी श्रमिकका रूपमा भारत गएकामध्ये करिब सात लाख फर्केका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोभिड–१९ का कारण २०२२ पछि मात्रै श्रम बजार सामान्य बन्ने अनुमान छ । प्रमुख गन्तव्य मुलुकमा अवस्था सामान्य भएपछि मात्रै नेपालीका लागि नयाँ रोजगारीको बाटो खुल्ने अवस्था रहेको दूतावासहरू बताउँछन् । ‘अहिले आन्तरिक श्रम बजारमा झन्डै १४ लाखसम्म रोजगारी सिर्जना गर्न चुनौती छ,’ मध्यपूर्व गैरआवासीय नेपाली संघको सम्मेलनमा शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन्, ‘सरकार बाध्यताले वैदेशिक रोजगारीमा जाने क्रम अन्त्य गर्ने अभियानमा छ ।’ सीप सिकेर स्वदेश फर्केका नेपालीको पूर्ण विवरण भने सरकारसँग छैन ।

स्वदेश फर्केकालाई कसरी उत्पादन र रोजगारीमा जोड्ने मुख्य चुनौती रहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । ‘प्रत्येक व्यक्तिसँग ज्ञान र सीप त छ तर त्यसलाई कसरी मान्यता दिने ?’ उनले भने, ‘मलेसियामा घुमाउरो सुरुङ खन्नुपर्दा नेपालीको समूह विशेषज्ञका रूपमा प्रयोग हुन्छ । त्यही समूह नेपाल गए सामान्य श्रमिक भइदिन्छ ।’ प्यूठानका लक्ष्मण भण्डारी संयुक्त अरब इमिरेट्स (यूएई) मा स्काफ्फोल्डिङको काम गर्थे । घर फर्केपछि अहिले कामविहीन भएर बस्नुपरेको उनले सुनाए । ‘उता सिकेको सीप यता सदुपयोग गर्न पाइएन,’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मुलुकको श्रमयोग्य जनशक्ति (दक्ष, अर्धदक्ष र अदक्ष) वा श्रमिकको वैयक्तिक विवरण एकीकृत स्वरूपमा नरहेको बताए । ‘रोजगारीका अवसर र सीपमूलक तालिमबीच तादात्म्य हुन सकेको छैन । रोजगारदाताका लागि सीपयुक्त जनशक्ति र शैक्षिक वा सीपमूलक तालिमबीच सामञ्जस्य छैन,’ उनले भने, ‘यी लगायतका समस्यालाई निराकरण गर्न श्रम सूचना बैंक कार्यान्वयनमा ल्याइएको छ ।’

आर्थिक सर्वेक्षणअनुसार हरेक वर्ष श्रम बजारमा पाँच लाख श्रमशक्ति आउँछ । वैदेशिक रोजगारीमा जाने क्रम रोकिएकाले यसको भार आन्तरिक बजारमा बढेको छ । श्रमशक्ति सर्वेक्षणअनुसार झन्डै ९ लाख बेरोजगार छन् । ‘हामीले खाडी र मलेसियाबाट तीन लाख नेपालीले रोजगारी गुमाएर फर्किने अनुमान गरेका थियौं । अनुमानभन्दा कम नै असर पर्ला जस्तो छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अहिले नै कोभिड–१९ बाट पूर्ण रूपमा मुक्ति पाइयो भन्ने अवस्था छैन । भोलि थपले पनि रोजगारी गुमाउनुपर्ने हुन सक्छ ।’

Advertisement

आर्थिक वर्ष ०७७/७८ को बजेटले ७ लाख ३४ हजार थप रोजगारी सिर्जना गर्ने योजना ल्याएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख, गरिबी निवारण कोषद्वारा ६४ जिल्लामा सञ्चालित कार्यक्रमबाट कृषि, लघु र साना उद्योगमा १ लाख ५० हजार, गरिबका लागि लघु उद्यमबाट १ लाख २७ हजार, साना किसान विकास र लघुवित्त कर्जाबाट ४० हजार, वन पैदवार क्षेत्रमा ३० हजार र युवा स्वरोजगार कोषबाट थप १२ हजार, श्रम सूचना बैंकबाट ५० हजार जनालाई रोजगारी दिने कार्यक्रम छ । तर कोबिड–१९ का कारण यी क्षेत्रमा विदेशबाट आउनेलाई सरकारले जोड्न सकेको छैन ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top