विराटनगर ,बैशाख २९ः नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दर्शन तथा पुजाआजाका लागि पशुपतिनाथ पुगेका छन् ।
मोदी पूर्वनिर्धारित समयभन्दा १ घण्टा ढिलोगरी त्यहाँ पुगेका हुन् ।
शनिबार बिहानै मुक्तिनाथको दर्शन गरी काठमाडौ फर्केका मोदी करीब पौने १२ बने पशुपति पुगेका हुन् ।
मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरे ।
मोदीले केहीबेर पशुपतिनाथमा विशेष पूजा–अर्चना गर्नेछन् ।
२ दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीलाई यसपछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ ।
पशुपतिको दर्शन गरेपछि विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरी मोदी शनिबार दिउँसो नै स्वेदश फर्किदै छन् ।