विराटनगर,बैशाख २९ ः मोरङको बुढीगंगा गाउँपालिका –२,टंकी चौकमा म्याजिक भेनले ठक्कर दिँदा १ जना घाईते भएका छन् ।
बिहान मर्निङ वाक गरिरहेको बेला पछाडी बाट म्याजिक भेनले ठक्कर दिँदा बुढीगंगा गाउँपालिका–३ बस्ने मुकेस्वर चौधरी घाईत भएका हुन् ।
जनप्रिया उच्च मा वि.का प्रधनाध्यापक समेत रहेका उनलाई आज बिहान ४ः१५ मा उत्तर तर्फबाट आईरहेको म्याजीक भेनले ठक्कर दिएको थियो ।
ठक्कर दिने भेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।
ठक्करबाट घाईते भएका उनलाई विराट नर्सिङ होममा भर्ना गरिएको थियो,अवस्था अझ गम्भीर भएपछि उनलाई हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको मुकेश्वरका दाजु प्रथमलाल चौधरीले जानकारी दिए ।