नेपाल र पाकिस्तानबीच प्राज्ञिक सम्झौता हुँदै

काठमाडौँ, २९ वैशाख ः नेपाल र पाकिस्तानबीच पहिलो पटक प्राज्ञिक आदानप्रदानसम्बन्धी सम्झौता हुने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तानी एकेडेमी अफ लेटर्सबीच आइतबार काठमाडौँमा दुईपक्षीय प्राज्ञिक आदानप्रदान सम्झौता हुने प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिए ।

सम्झौताका लागि पाकिस्तानी एकेडेमी अफ लेटर्सका महानिर्देशक डा रसिद हमिदको नेतृत्वमा प्राज्ञिक टोली आज नेपाल आउने कार्यक्रम छ ।
रासस

Scroll to Top