मोरङमा साेमबारदेखि कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा

२ कात्तिक, विराटनगर ।
चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० बमोजिम सोमबारदेखि लागू हुने गरी कात्तिक १५ गते (कोजाग्रत पूर्णिमा) राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा जिल्लाभरिका सबै मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा तथा चर्चहरुमा गरिने नित्य पुजा र प्रार्थनाबाहेक सामूहिक रुपमा भेला जम्मा भई गरिने पुजाअर्चना, भजन, किर्तन, कलश यात्रा, बली पुजा एवं मुर्ती विसर्जनलगायतका कार्यहरु गर्न नपाईने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख गरिएको छ ।

अवधिमा जिल्लाभरी नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग चल्ने लामो दुरीका सवारीसाधन बाहेक अन्य सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाइएको छ ।

Advertisement

त्यस्तै चाडपर्वमा भेला भएर सामुहिक रुपमा कार्यक्रम गर्न, शुभकामना आदनप्रदान गर्न र चियापान गर्न रोक लगाइएको छ । शिलान्यास, उद्घाटन, प्रशिक्षण तथा सभा सम्मेलन जस्ता सामूहिक रुपमा जमघट भएर गरिने कार्यक्रममा पनि रोक लगाइएको छ ।

आदेशको उल्लङ्घन गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङ्गले जनाएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top