भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन छोरा-छोरीको हत्या

३ कात्तिक, एजेन्सी ।

Advertisement

अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै ३ बच्चाको हत्या गरेकी छन्। बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाले ८ महिने छोरासहित ३ र ९ वर्षीया छोरीको हत्या गरेकी हुन् ।

महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको हत्या गरेकी हुन् । हत्या गरिसकेपछि उक्त महिला आफैले विहानको ५ः२० बजे प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

Advertisement

 महिलाले आफैँ पनि मर्न चाहेको बताएकी थिइन् । प्रहरीको उपस्थितिमा उनी घटनास्थलमा नै रहेको बताइएको छ। प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको जनाएको छ।

बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि कुनै आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिसामा ल्याएर बुटवलकी २१ वर्षीया भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए। गत अक्टुबर ३ मा श्रीमान् श्रीमतीसँगै भएर ३ वर्ष पुगेकी छोरीको जन्मदिन मनाएको फोटो र फेसबुकमा लाईभ भिडियो राखिएको नेपाल पत्रकार महासंघ युरोप सदस्य रबिचन्द्र भट्टराईले बताए।

Advertisement

यस घटनाबारे नेपाली राजदूत मणि भट्टराईसँग बुझ्न खोज्दा उनी बोल्न मानेनन् । घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ। भियनामा ५ सयभन्दा धेरै नेपाली परिवारको बसोबास छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top