प्रविधिबाटै आशीर्वाद ग्रहण गरौँ

३ कात्तिक ७७, सोमबार

काठमाडौँ – दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् । खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर फर्माइएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ ।

Advertisement

दशैँको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही नगर्ने भएको छ ।

नयाँ नोटको अभाव हुँदा त्यस्ता ग्राहकलाई लक्षित गर्दै बैङ्कहरूले डिजिटल दक्षिणा, रेमिट्यान्स, मनी ट्रान्सफर योजना अगाडि सारिरहेका छन् । त्यससँगै सम्बन्धित अरू सुविधा पनि थपेका छन् ।

Advertisement

सिटिजन्स बैङ्कले आफ्ना डिजिटल बैङ्किङ प्रयोक्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपियाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपियाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने योजना ल्याएको छ ।

प्रभु मनी ट्रान्सफरले हरेक साता ३२ इन्चको टीभीसहित प्रभु सेटअप बक्स पाउनुका साथै प्रभु क्यापिटलमा प्रभु बैङ्कको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपियाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टीभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनसको आकर्षण थपेको छ ।

Advertisement

एनसीएचएलले कनेक्ट आईपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाई हरेक दिन १० भाग्यशाली बिजेताले एक हजारको गिफ्ट भौचर प्राप्त गर्नसक्ने जनाएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गरेको छ । बैङ्कले सम्पूर्ण शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनका लागि पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्न थालेको हो । पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपियाँसम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।

सनराइज बैङ्कले हवाई टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ । बैङ्कका ग्राहकले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रतिबस टिकट दुई सय रुपियाँ र हवाई टिकटमा प्रतिटिकट तीन सय रुपियाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

एनआईसी एसियाले आफ्नो एनआईसी एसिया रेमिटमार्फत दशैँ, तिहार र छठ पर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । सेवाग्राहीले पहिलोपटक रकम पठाउँदा शुल्क लागे पनि दोस्रोपटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top