×

NEPAL TIMES UPDATES

Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026

बजारमा अखाद्य बस्तु छ्याप–छ्याप्ती

३ कार्तिक २०७७

३ कार्तिक, भक्तपुर ।
दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ ।

जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ ।

Advertisement
Advertisement

सूर्यविनायक नगरपालिकाले एक साता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले जानकारी दिए ।

नगरपालिकाले कटुञ्जे, चुनदेवी, पाण्डुबजार, सूर्यविनायकक्षेत्रका म्याक्स स्टोर, एम स्टोर, बाराही खाद्य किराना स्टोर, बेष्ट मिनिमार्ट, एजबी स्टोर, युनिक स्टोर, सुष्टि सप्लायर्सलगायतका स्टोर तथा पसलमा अनुगमन गरेको थियो ।

यस्तै सूनपा–४ दक्षिणबाराहीदेखि हुँदै गाम्चासम्मका आरके जनरल स्टोर, जितेन्द्र कोल्ड स्टोर, राजु किराना पसल, शुभमाकर ट्रेडर्स, राधेश्याम स्टोर, बालकृष्ण स्टोर, ग्रिन मार्ट, पाथीभरा किराना स्टोर, जेएलपी स्टोर, लक्ष्मीकृष्ण स्टोर, रेड एप्रोन मार्टमा अनुगमन भएको थियो ।

अनुगमनमा क्रममा अधिकांश पसलमा मूल्यसूची नराखी एउटै सामानको फरक मूल्यमा बिक्री भएको, म्याद गुज्रेका सडेगलेका सामान बिक्रीका लागि राखिएको पाइएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिए ।

उनले बालकोट क्षेत्रका योर च्वाईस लिक्वैर्स स्टोर, लिपी शब्द स्टोर, स्वतिका ट्रेडर्स, सिजन किराना स्टोर, सापकोटा ग्रोसरी, दुर्गा हिमालय स्टोर, मानसी जनरल स्टोर, उग्रचण्डी स्टोर, कृष्ण भण्डार घरलगायतमा भएको अनुगमनमा पनि अखाद्य बस्तु छ्यापछ्याप्ती पाइएको बताए ।

अनुगमनका क्रममा जफत गरिएका करिब रु ३० हजार मूल्य बराबरको सामग्री स्थानीयवासीको रोहबरमा नगरपालिकाले नष्ट गरेको छ । संयोजक बस्नेतले अनुगमन गर्ने अधिकार स्थानीय सरकारसँग भएपनि कारबाही गर्ने अधिकार नहुँदा अनुगमन फितलो हुने गुनासो गरे ।

भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बजारमा अखाद्य बस्तु र कुहिएका तथा सडेगलेको बिग्रिएको मासु समेत बिक्री गरेको पाइएको बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयसँग भएको बताउदै गल्ती गर्ने व्यापारीलाई कारबाही गर्न नगरपालिकाले प्रशासनलाई पत्र पठाए प्रशासनले कारबाही गर्ने जनाए ।

Advertisement
Advertisement

उनले नगरपालिकाले अनुगमनको निचोडसहित लिखित जानकारी दिएमा कारबाहीका लागि जरिवानासहितको कारबाही गर्ने बताए ।(रासस)

भर्खरको समाचार

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top