बीपी प्रतिष्ठानमा इटहरीका संक्रमित पुरुषको निधन

३ कात्तिक ७७, सोमबार

३ कार्तिक, विराटनगर ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ।

Advertisement

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका २० का ७८ वर्षीय पुरुषको कोभिड १९ संक्रमणकै बीच मृत्यु भएको हो। आज बिहान ३ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए।

उनका अनुसार असोज १९ गते अस्पताल भर्ना भएका उनमा एक दिन अघि कोभिड १९ पुष्टि भएको थियो। उपचारकै क्रममा कार्तिक १ गते परीक्षण गर्दा परिणाम पोजेटिभ नै देखाएको थियो।

Advertisement

उनको शवको व्यवस्थापन नियमअनुसार हुँदैछ। यसैबीच प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा २ सय ६ जनाको कोभिड १९ परीक्षण गर्दा १ सय २ जनामा रिपोर्ट पोजेटिभ देखिएको छ।

एक सय जनामा नेगेटिभ देखिएको छ भने ४ जनाको पुन परीक्षण गर्दा फेरि पोजेटिभ नै रिजल्ट आएको छ। यस अस्पतालमा अहिलेसम्म कोभिड १९ संक्रमणबाट ६३ जनाको मृत्यु भइसकेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top