कांग्रेसका सांसदकाे दसैँ भत्ता बापतको रकम कोरोना कोषमा जम्मा हुने

३ कात्तिक, काठमाडौं ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम फिर्ता गर्ने भएको छ ।दसैँ भत्ताबापत आफ्ना पार्टीका सांसदहरुलाई सरकारले उपलब्ध गराएको रकम बापत हुन आउने कुल ४३ लाख २० हजार ८१० रुपैयाँ रकम संघीय संसदमार्फत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय कांग्रेसले गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति गरेर यसबारे जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएकाे छ, ‘कोरोना भाइरसको महामारीका कारणले उत्पन्न विषम परिस्थितिमा आम नेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दसैँ भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दभिक र उचित नभएकोले कांग्रेसको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपलब्ध गराइएको दसैँ भत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गर्दछ ।’

Advertisement

यसअघि सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top