१० वर्षमा पनि बनेन वाग्मतीमा पुल, ट्युबबाट नदी तर्न १ हजार

४ कात्तिक ७७, बुधबार

मकवानपुर: मकवानपुरगढी गाउँपालिका घर भएकी सजना तामाङ वाग्मतीपारि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको एक पोलिक्लिनिकमा काम गर्छिन् । दसैंमा घर फिर्न उनी नदी किनारसम्म गाडीमै आइन् । पारि तर्न भने एक हजार रुपैयाँ तिरेर ट्युबको सहारा लिनु पर्‍यो ।

तामाङमात्रै होइन वाग्मती नदी वारिपारि गर्न वर्षौंदेखि यो क्षेत्रका बासिन्दा ट्युबकै सहारा लिन बाध्य छन् । नदीमाथि निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । ठेकेदारले बेलैमा काम गरेको भए तामाङ जस्ता वारिपारि गर्नेले गाडीमै नदी तर्न सक्थे । ‘मैले काम गर्न थालेको पाँच वर्ष भयो । सधैं ट्युबकै सहाराबाट नदी तरिरहेकी छु,’ तामाङले भनिन् । मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेका रोशन थापाले ट्युबबाटै मोटरसाइकलसँगै आफू नदी तर्न एक हजार पाँच सय रुपैयाँ तिरे । ‘वाग्मती नदीमा हिउँदमा सवारीसाधन जसोतसो वारपार गर्न सकिन्छ तर वर्षामा सक्ने अवस्था हुँदैन,’ उनले भने ।

स्थानीय जगतबहादुर माझी ३५ वर्षका भए । ट्युबको सहयोगमा मोटरसाइकलसँगै मानिसलाई वाग्मती नदी वारपार गराउनु उनको दैनिकी हो । उनले त्यस क्षेत्रका मानिसलाई नदीे तार्ने ठेक्का नै लिएका छन् । अलपत्र पुलको समेत रेखदेख गरिरहेका छन् । ‘१० वर्ष भयो पुल अलपत्र भएको । पुल बनेको भए हामीलाई पनि सजिलो हुन्थ्यो,’ उनले भने, ‘पाँच वर्षदेखि ट्युबमा मान्छेलाई नदी तारिरहेको छु । हामी पाँच जना मिलेर यो काम गरिरहेका छौं ।’

Advertisement

वाग्मती नदी सरकारको राष्ट्रिय गौरवको आयोजना धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा पर्छ । सिन्धुलीको हरिहरपुरगढी–४ र मकवानपुरको वाग्मती–४ जोड्ने पुल निर्माण हुँदाहुँदै छाडिएपछि अलपत्र भएको हो । पुल निर्माणस्थल हेटौंडा बजारबाट करिब ५३ किलोमिटर पूर्वमा पर्छ ।

मदन भण्डारी लोकमार्ग पश्चिम खण्ड आयोजना कार्यालय हेटौंडाका अनुसार उक्त पुल ०६८ असार २९ मा स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top