१७ कार्तिक , काठमाण्डौ ।
नेपाली बजारमा सुनको मूल्य सामान्य बढ्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम ।

सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार ७७० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने घट्यो ।
सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघको जानकारी ।
आज १० ग्राम चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ ५० पैसा रहेको छ ।



