वाग्मती प्रदेशमा सङ्क्रमितको निःशुल्क उपचार

४ कात्तिक ७७, बुधबार

५ कात्तिक, काठमाडाैँ ।

Advertisement

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निः शुल्क उपचार भइरहेको जनाएको हो ।

प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

Advertisement

प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top