×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध ःडा. चिरञ्जीवी नेपाल

३० बैशाख २०७५

काठमाडौँ, ३० वैशाख ः नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन् ।

मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज यहाँ शुभारम्भ गर्दै उनले भने, “बैंकमा प्रवद्र्धकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्छ ।”

Advertisement
Advertisement

बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो मलग्ने प्रतिफल दिने संस्था होइन भनेर आफूले निरन्तर सचेत गराए पनि केही बैंक तथा वित्तीय संस्थाले नसुनेकामा उनले असन्तुष्टी व्यक्त गरे।

प्रवद्र्धकले बैंक व्यवस्थापनलाई दबाब दिएर जनताको पैसालाई गलत तरिकाले उपयोग गर्न नुहुनेमा जोड दिंदै गर्भनर डा नेपालले भने, “जनताको पैसा नडुबोस् भन्ने सोच्नु नियामक निकायको मूल दायित्व हो, हामी जनताको पैसा तलमाथि हुन दिन्नौं ।”

आर्थिक विकासका लागि अत्यन्त राम्रो अवसर रहेको चर्चा गर्दै उनले राजनीतिक स्थायित्वले नीतिगत स्थायित्व ल्याउने र त्यसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने बताए ।

आयात कम गर्ने र निर्यातलाई बढवा दिने क्षेत्रमा बैंकले लगानी बढाउनुपर्नेमा जोड दिँदै गभर्नर नेपालले बैंकिङ क्षेत्र नपुगेको ठाउँमा गएर लगानी गर्नुपर्नेमा जोड दिए ।

साविकको टुरिजम डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सञ्चालक समितिको स्वार्थमा ऋण प्रवाह गर्दा बैकिङ क्षेत्रमा समस्या आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले दुई बैंक एकीकृत भई कारोबार भएकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउने गरी बैंकलाई अगाडि बढाउने बताए ।

Advertisement

मेगा बैंकको चुक्ता पूँजी रु ९ अर्ब २९ करोड पुगेको छ भने निक्षेप रु ९६ अर्ब ५५ करोड पुगेको छ भने देशको सात वटै प्रदेशमा फैलिएका ९१ शाखाबाट पाँच लाख लगानी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा दिनुका साथै रु ५५ करोड ७० लाख लगानी गरेको जनाइएको छ ।
रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top