कुख्यात वन्यजन्तु तस्कर लामाविरुद्ध इन्टरपोलले जारी गर्यो रेड नोटिस

६ कार्तिक, काठमाडौं ।
नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्टवान्टेड’ निटुप लामाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ ।

अहिलेसम्मकै ठूलो वन्यजन्तु अपराधमा संलग्न लामाविरुद्ध १५ अक्टोबरमा इन्टरपोलले नोटिस जारी गरेको हो । ०६२ मा रसुवाको स्याफ्रुबेंसीमा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा निटुपको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो ।

त्यतिवेला सेनाको चेकिङका क्रममा ६ वटा बाघको छाला, ३६ वटा चितुवाको छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । यो वन्यजन्तु अपराधमा अहिलेसम्मकै ठूलो बरामदी हो ।

लामा नेपालबाट संगठित रूपमा बाघका छाला तथा हड्डी तस्करी गर्ने गिरोहका मुख्य सदस्य भएको प्रहरी दाबी छ । उनको बारेमा विस्तृत विवरण संकलन गर्न अहिलेसम्म नसक्दा रेड नोटिस जारी हुन सकेको थिएन ।

उनको समूहका कुन्जोकछिरिङ तामाङ गत असारमा पक्राउ परेपछि प्रहरीले निटुपबारे थप सूचना संकलन गर्न सफल भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामाबारे विस्तृत विवरण संकलन गरी पक्राउ पुर्जी जारी गराएर इन्टरपोलमा रेड नोटिसका लागि सिफारिस गरेको थियो ।

चिनियाँ मूलका लामाले आफू गोरखाको छाकाम्पारको बासिन्दा भन्दै नागरिकता लिएका थिए । ६१ वर्षीय लामा ग्याल्छेन, ङोडुपजस्ता नामले कारोबारीबीच चिनिन्थे ।

विगतमा उनको नागरिकता नम्बरलगायतका विवरण प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

गत असारमा पक्राउ परेका कुन्जोकछिरिङ तामाङलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको बारेमा थप खुलेको र रेड नोटिसमा राख्न सफल भइएको सिआइबीका एक अधिकारीले बताए । लामा हाल विदेशमा छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top