थप २२२५ जनामा कोरोना संक्रमण, २८४६ जना डिस्चार्ज

थप २२२५ जनामा कोरोना संक्रमण, २८४६ जना डिस्चार्ज

८ कात्तिक, काठमाडौं ।
नेपालमा आज थप २ हजार २ सय २५ जना कोरोना संक्रमित भएका छन् ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप २ हजार ८ सय ४६ जना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी जम्मा ४६ हजार ५७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप १३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हाल सम्म ८ सय ४२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.