हाँसको व्यापार पनि दशैंमा ओरालो लाग्यो

८ कात्तिक ७७, आइतबार

८ कात्तिक, काठमाडौँ ।
कोभिड संक्रमणको जोखिमका कारण यसपटकको दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् ।

विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए । विरगंज देखि काठमाडौंको सुन्धारामा हाँस विक्रीका लागि आएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताए ।

Advertisement

गत वर्ष १ सय ५० भन्दा बढी हाँस विक्री गर्नुभएका साहले यसपटक २०÷२५ वटा सम्म पनि विक्री गर्न नसकेको बताए । हाँस नै विक्री गर्न नसकेपछि दशैं मनाउन समेत समस्या हुने उनको भनाई छ । आफुले ल्याएका सबै हाँस कम मूल्यमा विक्री गरेर भएपनि दशैं मनाउन विरगंज फर्किनुपर्ने बाध्यता भएको पनि साहले बताए ।

Advertisement

यस वर्ष हाँसको मूल्यपनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य ८ सय देखि एक हजार रुपैयाँ सम्म रहेको थियो । तर यसवर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँ भन्दा माथि छ । त्यसैले पनि हाँस विक्री नभएको हुनसक्छ । यस्तै काठमाडौं उपत्यकामा दशैंमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँसको खोज्ने प्रचलन रहेको छ । त्यसैले पनि दशैंको बेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ । तर यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशुपंछीहरुको व्यापार कम भएको छ ।

 

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top