कांग्रेसले यो वर्ष चियापान समारोह नगर्ने

९ कात्तिक, काठमाडाैँ ।

Advertisement

 नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण यो वर्षको दशैंमा कार्यक्रम नगरिने व्यहोरा कांग्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

Advertisement

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रलदान गर्दै आएको थियो ।

तर यस वर्ष कोरोना महामारीका कारण कात्तिक १४ गतेको चियापान कार्यक्रम नगरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top