पैसा तिर्न नसक्ने कोभिड विरामीको उपचार नरोक्नू : स्वास्थ्य मन्त्रालय

९ कात्तिक, काठमाडौं ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पैसा तिर्न नसक्ने कोभिड विरामीको उपचार नरोक्न निर्देशन दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा. गुणराज लोहनीले आइतबार विज्ञप्ती जारी गर्दै कतिपय अस्पतालले कोभिड १९ का बिरामीलाई भर्ना गर्दा रकम माग गरेको र रकम जम्मा नगर्न नसक्नेलाई उपचार सेवाबाट बञ्चित गर्ने गरेको भन्दै त्यस्तो कार्य नगर्न अपिल गरेका हुन् ।

Advertisement

गरिब, विपन्न, अशक्त, असहायको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र अन्य बिरामीहरुका तर्फबाट पनि स्वयं घोषणा भए  निःशुल्क उपचार हुने भन्दै मन्त्रालयले  उपचार रोकेर बिरामीको स्वास्थ्यमा असर परे अस्पताल स्वयम् जिम्मेवार हुने  चेतावनी दिएको छ ।

‘गरिब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकहरुको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीहरुका तर्फबाट स्वयं घोषणा भए मात्र पनि मान्य हुने र सो उपचार सेवा वापतको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने बारेको सूचना सबैको जानकारी लागि सार्वजनिक भएकै छ,’ विज्ञप्तीमा भनिएको छ, ‘त्यस विपरीत कार्य गर्ने गराउने गरी बिरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुने व्यवहोरा समेत जानकारी गराइन्छ ।’

Advertisement

मन्त्रालयले कुनै पनि बिरामीहरु उपचार खर्चको अभावमा उपचारबाट बञ्चित गर्नु अस्पताल सेवाको मर्म, स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने पनि स्मरण गराएको छ ।

सबै सरकारी, सामूदायिक, निजी, गैरसरकारी अस्पतालहरु र मेडिकल कलेजहरुको उपचार गर्न व्यहोर्न नसक्ने कोभिड १९ संक्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top